सुदूरपश्चिमविरुद्ध फितलो बलिङले एनपीएलमा पोखराको लगातार दोस्रो हार « Khabarhub

सुदूरपश्चिमविरुद्ध फितलो बलिङले एनपीएलमा पोखराको लगातार दोस्रो हार


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध फितलो बलिङ प्रस्तुत गर्दा कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्सले यस सिजनमा लगातार दोस्रो हार बेहोरेको छ ।

यससँगै पोखरा दुई खेलमा दुई हारको अवस्थामा पुगेको छ । यसअघिको खेलमा विराटनगर किङ्ससँग पोखरा ५३ रनले पराजित भएको थियो ।

सुदूरपश्चिम रोयल्सले भने पोखरालाई हराउँदै दुई खेलमा शत प्रतिशत जित निकालेको छ । यस सिजनको आफ्नो पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौं गुर्खाजविरुद्ध २९ रनको जित हासिल गरेको थियो ।

शुक्रबार पोखराविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्स १८ रनले विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ८ विकेटका क्षतिमा १७५ रन बनायो ।

आजको खेलमा पोखराको बलिङ र ब्याटिङ दुवै फितलो रह्यो । सुरुवातमा पोखराका बलर नचल्दा सुदूरपश्चिमले ब्याटिङ उकासेको थियो । सुदूरपश्चिमका ओपनरद्वय जोश ब्राउन र विनोद भण्डारीले १०८ रनको साझेदारी गरे । १० ओभरको चौथो बलमा पुगेर पोखराले पहिलो विकेटको रुपमा ब्राउनलाई आउट गर्‍यो । ब्राउनले ३५ बलमा ६ चौका र ५ चौकाको सहयोगमा ६८ रन जोडे ।

उनी नै सुदूरपश्चिमबाट सर्वाधिक रन बनाउने खेलाडी हुन् । अर्का ओपनर विनोदले ४२ बलमा ६ चौकाको सहयोगमा ४३ रन जोडे । उनी टिमको दोस्रो सर्वाधिक रन बनाउने बने । पहिलो विकेट गुमेपछि क्रिजमा आएका क्रिश लिनले पनि १३ बलमा ३१ रन जोडे ।

पोखरा सुरुवाती बलिङ फितालो देखिएको थियो । १३ ओभरपछि पोखराले बलिङमा लय समातेको थियो । तर, त्यसबेलासम्म सुदूरपश्चिम २ विकेटको क्षतिमा १४२ रनको मजबुत अवस्थामा पुगेको थियो । डान डाउथवेटबाहेक अरु बलिङमा किफायती बन्न सकेनन् ।

डानले भने ४ ओभर बलिङ गर्दा २४ रन खर्चेर हरमित सिंह र दीपेन्द्र सिंह ऐरी जस्ता महत्वपूर्ण खेलाडीको विकेट लिए । जेम्स निशमले दुई महत्वपूर्णसहित तीन विकेट लिए पनि धेरै रन खर्चिए । चार ओभर बलिङ गर्दा उनले ४७ रन खर्चिए । उनी नै पोखराका सबैभन्दा बढी रन खर्चिने खेलाडी बन्न पुगे ।

निशमले सुदूरपश्चिमका सर्वाधिक रन बनाउने जोश ब्राउन र पहिलो विकेट गएपछि क्रिजमा आएका क्रिस लिनलाई आउट गराए । सर्वाधिक दोस्रो रन बनाउने ओपनरसमेत रहेका विनोद भण्डारीलाई आकाश चन्दले आउट गराए ।

चार ओभर बलिङ गर्दा उनले ४४ रन खर्चिए । विपिन खत्रीको बलिङ आजको खेलमा चलेन । तीन ओभर बलिङ गर्दा उनले विकेटविहीन हुँदै २३ रन खर्चिए । सागर ढकाल पनि विकेटविहीन रहे । उनले चार ओभरमा ४१ रन खर्चिए । जवाफी ब्याटिङमा उत्रिएको पोखराका दुई ब्याटरको प्रस्तुती सुखद रह्यो ।

तथापि ब्याटिङ पनि फितलो नै मान्न सकिन्छ । ओपनरद्वय दिनेश खरेल र एडम रोसिंगटनले दोहोरो रन बनाउन सकेनन् । यीसहित ६ खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

कप्तान कुशल भुर्तेल र जेम्स निशमले पोखराको ब्याटिङ उकासे पनि जितका लागि पर्याप्त भएन । भुर्तेलले अर्धशतक पूरा गर्दै ३२ बलमा चार चौका र चार छक्काको सहयोगमा ५३ रन जोडे । निशमले २५ बलमा पाँच छक्का र २ चौकाको सहयोगमा ४७ रन जोडे ।

महत्वपूर्ण विकेट गुमेपछि क्रिजमा गएका अलराउन्डर डान डाउथवेटको पोखरालाई जिताउने प्रयास असफल रह्यो । उनले १६ बलमा १ चौका र ५ छक्काको सहयोगमा २७ रन जोडे ।

पोखराका लागि सबैभन्दा धेरै रन जोड्ने खेलाडी कप्तान कुशल भुर्तेलको विकेट सुदूरपश्चिमका स्कट कुगेलेइजनले लिए । उनले ४ ओभरमा ३३ रन खर्चिए ।

हरमित सिंहले ओपनर दिनेश खरेल र ब्याटर किरण ठगुन्नाको महत्वपूर्ण विकेट लिए । चार ओभरमा उनले २२ रन दिए । चार ओभर बलिङ गरेका अविनाश बोहोराले ३२ रन खर्चिए । उनले एक विकेट लिए ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी खर्चिला साबित भए । उनले तीन ओभर बलिङ गर्दा २९ रन खर्चिए । तथापि टिमको दोस्रो सर्वाधिक रनकर्ता जेम्स निशमलाई आउट गराए । इशान पाण्डे टिमकै खर्चिला बलर बने । एक ओभर बलिङ गर्दा उनले १९ रन खर्चिए । नरेन साउदले एक ओभर बलिङ गर्दा ९ रन खर्चिएर एक विकेट लिए ।

खेलका थप तस्बिरहरु :

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ७ : ५४ बजे

सिमरा घटनाको निष्पक्ष छानबिन गर्न जेनजी र स्थनीय प्रशासन सहमत

बारा – बारा स्थानीय प्रशासन र जेनजी प्रतिनिधिबीच आज भएको

शनिबार कांग्रेस महाधिवेशन तालिका पेस गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका पुस मसान्तभित्रको मिति तोकेर ल्याउने

दलित आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस

गण्डकी – राष्ट्रिय दलित आयोगको पाँचौँ वार्षिक प्रतिवेदन गण्डकी प्रदेशका

लाप्राकमा केन्द्रीय प्रशारण लाइनको बिजुली

गोरखा– प्रशारण लाइन बिस्तार भएको करिव चार बर्षपछि लाप्राकमा केन्द्रीय

नेपाली भाषा कन्भर्टर प्लेटफर्म ‘सञ्चारगृह डट कम’ सार्वजनिक

काठमाडौं – नेपालीमा लेख्ने, पढ्ने र रूपान्तरण गर्नेहरूका लागि नयाँ