भोजपुरमा ८७ मतदानस्थल र १५५ केन्द्र सिफारिस « Khabarhub

भोजपुरमा ८७ मतदानस्थल र १५५ केन्द्र सिफारिस


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

टक्सार– आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारी थालेको छ । निर्वाचन कार्यालयले आज मतदानस्थल र केन्द्रका बारेमा आवश्यक निर्णय गरेको छ । 

प्रमुख जिल्ला अधिकारीसमेत रहेका जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजक शिवलाल तिवारीको अध्यक्षतामा बसेको बैठकले आगामी निर्वाचनका लागि पुरानै ८७ मतदानस्थल र १५५ मतदान केन्द्र  सिफारिस गर्ने निर्णय गरेको छ । 

मतदानस्थल र केन्द्रमा कुनै समस्या नभएको भन्दै पछि विशेष अवस्था देखिएमा पुनः बैठक बसेर समाधान गरिने प्रमुख जिल्ला अधिकारी तिवारीले बताए । उनले निर्वाचनका लागि आज गरिएको निर्णयअनुसार निर्वाचन आयोगलाई सिफारिस गर्ने तयारी भइरहेको जानकारी दिए ।

मतदाता नामावली सङ्कलन गर्ने काम आजदेखि सकिएको बताउँदै आगामी मङ्सिर २० गतेदेखि ३० गतेसम्म नामावलीमा त्रुटि सच्याउने र दाबी विरोधको समय राखिएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका निर्वाचन अधिकृत डिकेन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार जिल्ला निर्वाचन कार्यालय अहिले चुनावको तयारीमा लागिपरेको छ । 

जिल्ला प्रशासन कार्यालयमा भएको सिफारिस समितिको बैठकमा जिल्लास्थित राजनीति दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, पत्रकारलगायतको उपस्थिति थियो । 

भोजपुरमा प्रतिनिधिसभा निर्वाचनका लागि एउटा र प्रदेशमा दुई वटा निर्वाचन क्षेत्र छन् । 

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ७ : ५६ बजे

पशु चौपायमा कृत्रिम गर्भाधान 

चितवन– जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान गराइएको छ

कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी

चितवन– कालिका नगरपालिकाले भूमि व्यवस्थापन सेवा सुरुआत गरेको छ ।

हिन्दू-मुस्लिम अगुवाको संयुक्त अपिल : धार्मिक सहिष्णुता र सामाजिक सद्‍भाव कायम गरौँ

काठमाडौं- सुनसरीको देवानगञ्ज क्षेत्रमा आइतबार राति भएको घटनापछि मधेस प्रदेशका

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा पट्टीबाट

पुँजीगत खर्चबारे अर्थ समितिमा छलफल गराउन सांसद लिमा अधिकारीको प्रस्ताव

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिकी सदस्य लिमा अधिकारी आचार्यले पुँजीगत खर्चको कमजोर