सुनका गहना चोरी गर्ने पक्राउ « Khabarhub

सुनका गहना चोरी गर्ने पक्राउ


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले मध्यवानेश्वरमा सुन चाँदीका गरगहनालगायतका सामग्री चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त बानेश्वरको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–३१ बानेश्वरस्थित एक घरमा कोठाको ताला फोरेर सुनका गरगहनासहित सामान चोरी गर्ने सिन्धुपाल्चोक घर भएका २० वर्षीय सागर विश्वकर्मालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले घरको कोठा फोर्न प्रयोग हुने विभिन्न सामान र चोरीका मालसामानसहित विश्वकर्मालाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका विश्वकर्मासँग प्रहरीले एक थान खुकुरी, सुनको औँठी एक थान, सुनको बाला एक थान, सुनको झुम्का एक थान, मोतीको माला एक थान, सुनको पाउजु एक थान, चाँदीको सिक्का एक थान बरामद गरेको छ ।

यस्तै, विदेशी मुद्राको सिक्का २२ थान, फलामको रेन्ची दुई थान, सोनी कम्पनीको क्यामेरा दुई थान, क्यामेराको चार्जर दुई थान, भिडियो प्लेयर एक थान, मेमोरी कार्ड एक थान, सुनचाँदीको विल २७ थान बरामद गरिएको प्रवक्ता भट्टराईले बताए ।

पक्राउ परेका विश्वकर्मालाई प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले जनाएको छ । (रासस)

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ६ : १३ बजे

कान्तिलोकपथमा ट्रक पल्टिँदा सडक अवरुद्ध

मकवानपुर– सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक आज बिहानदेखि

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन– चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज

एमालेले काठमाडौंमा वृहत जनसभा र प्रदर्शन गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा वृहत जनप्रदर्शन र जनसभा गर्ने

तनहुँमा पूर्वाधार विकासका १७९ योजना सम्पन्न

तनहुँ– पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा एक सय

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते

नवलपरासी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१६ डण्डा