हिंसात्मक प्रदर्शनपछि चिलीमा संकटकाल घोषणा « Khabarhub

हिंसात्मक प्रदर्शनपछि चिलीमा संकटकाल घोषणा


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सान्टियागो – चिलीको सान्टियागो राज्यमा संकटकालको घोषणा गरिएको छ । मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा हिंसात्मक आन्दोलन भएको भोलीपल्ट चिलीका राष्ट्रपति सेबास्टीअन पिनेराले शुक्रबार संकटकालको घोषणा गरेका हुन् ।

संकटकाल घोषणासँगै सुरक्षाको जिम्मेबारी सेनालाई दिइएको अधिकारीहरुले बताएका छन् । शुक्रबार भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीकाबीचमा धेरै ठाउँमा झडप भएको थियो । प्रदर्शनकारीले स्टेशन र सवारी साधनहरुमा आक्रमण गरेर क्षति पुर्‍याएका छन् ।

प्रदर्शनकारीको तोडफोडका कारण कम्तीमा १६ वटा बस र दर्जनौ स्टेशनहरु क्षतिग्रस्त भएका छन् ।

मध्यरातमा राष्ट्रपति पिनेराले संकटकाल लागू भएको घोषणा गरेका हुन् । उनले अहिलेलाई १५ दिनका लागि मात्रै संकटकाल लागूहुने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ६ : २० बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले