तीन पटक म्याद थप्दा पनि सकिएन नमूना पशु अस्पताल भवन निर्माण « Khabarhub

तीन पटक म्याद थप्दा पनि सकिएन नमूना पशु अस्पताल भवन निर्माण


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको सदरमुकाम दमौलीमा निर्माण थालिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको नमूना पशु अस्पताल भवनतीन पटक म्याद थप हुँदासमेत सम्पन्न हुन सकेको छैन ।

गण्डकी प्रदेश अन्तर्गत कास्की र तनहुँमा नमूना पशु अस्पताल भवन निर्माण एकसाथ सुरु गरिएको र कास्कीमा भवन निर्माण सम्पन्न भइसकेपनि तनहुँमा भने निर्माण सकिएको छैन ।

२०७८ साल कात्तिक २० गते निर्माण सुरु गरी १८ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने म्याद रहेपनि हालसम्म तीन पटक म्याद थप भइसकेको केन्द्र प्रमुख रविनसन अधिकारीले जानकारी दिए । हालसम्म भवनको काम ७० प्रतिशत सकिएको छ । पछिल्लो पटक थप भएको म्यादअनुसार आगामी पुससम्म काम सम्पन्न गर्ने अवधि छ ।

उनले भने, ‘कास्की र तनहुँमा एकैसाथ भवन निर्माण सुरु भएको थियो, कास्कीमा सम्पन्न भएर सञ्चालनमा आइसकेको छ । तर तनहुँमा निर्माण व्यवसायीको ढिलासुस्तीले समयमै काम हुन सकेन ।’

गुणस्तरीय पशु चिकित्सा सेवा उपलब्ध गराउने उद्देश्यसहित नमूना अस्पताल निर्माण सुरु गरिएको थियो । समयमै भवन नबन्दा एक्सरे सेवा सञ्चालन गर्न नसकिएको अधिकारीको भनाइ छ ।

भवन निर्माणका लागि चार करोड लागतमा चितवनस्थित इकोविल्डर्स प्रालिसँग सम्झौता गरिएको थियो । ६०५ वर्गमिटर क्षेत्रफलमा साढे दुई तल्लाको भवन निर्माण हुनेछ । त्यसमा दुई प्रयोगशाला र २३ कोठा रहनेछन् ।

अस्पताल भवनमा आकस्मिक, शल्यक्रिया, एक्सरे, रेडियोलोजी, प्याथोलोजी, गाइनोकोलोजी, पोष्टमार्टम, फार्मेसी, प्रयोगशाला, रेडियोलोजिकल प्रयोगशालालगायतको सुविधा हुनेछ । जसका लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिनेछ । (रासस)

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ८ : ४७ बजे

उद्यमशीलतासम्बन्धी नीतिगत प्रबन्ध गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिला उद्यमशीलतासम्बन्धी नीतिगत प्रबन्ध गर्ने भएको छ

स्थानीयको सास्ती, जोखिम र आक्रोश प्रत्यक्ष देख्दा मन भारी भयो : मन्त्री घिसिङ

सिरहा– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको स्थलगत निरीक्षण र

जेनजीसँगको वार्तापछि सामान्य बन्दै सिमरा क्षेत्र (तस्बिरहरू)

बारा– बाराको सिमरामा जेनजी युवा र नेकपा एमालेका नेता तथा

सागसब्जीमा विषादी न्यूनीकरणका लागि सचेतना अभियान

नवलपरासी– व्यावसायिक रूपमा उत्पादन हुने सागसब्जीमा विषादीको मात्रा देखिएपछि कृषि

लमजुङमा ७० रोपनी जमिनमा प्याज खेती गरिँदै

लमजुङ– लमजुङमा ७० रोपनी क्षेत्रफलमा प्याज खेती विस्तार गर्न लागेको