कर्णालीका मार्कको शतकमा लुम्बिनी ९ विकेटले पराजित « Khabarhub

कर्णालीका मार्कको शतकमा लुम्बिनी ९ विकेटले पराजित


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन अन्तर्गतको शनिबारको खेलमा ओपनर मार्क वाटको शतकमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको छ ।

कर्णालीलाई सिजनको पहिलो जित दिलाउन कर्णालीका वाटले ४४ बलमा अविजीत ११४ रन प्रहार गरे । वाट जारी सिजनमा पहिलो शतक हान्ने खेलाडी बनेका छन् । जारी सिजनको सार्वधिक रन स्कोरर पनि उनी बनेका छन् ।

मार्कले आफ्नै टिमका अर्का ओपनर प्रियाङ्क पञ्चालको रकेर्ड तोडेका हुन् । प्रियाङ्कले सिजनको दोस्रो र टिमको पहिलो खेलमा चितवन राइनोजविरुद्ध ४८ बलमा ९० रन बनाएर आउट भएका थिए ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १५७ रनको लक्ष्य दिएपछि जवाफी ब्याटिङ गरेको कर्णालीले १२ ओभरको दोस्रो बलमै लक्ष्य पूरा गरेको हो । कर्णालीले १ विकेटको क्षतिमा १६१ रन बनायो ।

कर्णालीलाई जिताउन विलियम विसिस्टोले २० बलमा २ चौका र १ छक्काको सहयोगमा २९ रन जोडे । ओपनर प्रियाङ्क पञ्चालको ब्याटिङ भने चलेन । उनले १० बल खेल्दा १ चौका र १ छक्काको सहयोगमा १२ रन जोडे ।

कर्णालीले यस सिजनमा आफ्नो दोस्रो खेलमा पहिलो जित भेट्टाएको छ । ब्याटिङतर्फ यो जितको जस मार्क वाटलाई जान्छ । यस खेलमा लुम्बिनीको बलिङ फितलो बन्यो ।

कर्णालीको एक मात्रै विकेट लिने लुम्बिनीका खेलाडी शेर मल्ल हुन् । तीन ओभर बलिङ गर्दा उनले २९ रन खर्चेर कर्णालीका ओपनर प्रियाङ्कको विकेट लिए ।

लुम्बिनीबाट कप्तान रोहितले सबैभन्दा खर्चिलो बलिङ गरे । उनले २ ओभर बलिङ गर्दा ३८ रन खर्चिए । त्यसपछिका खर्चिला बलर जेजे स्मिट हुन । उनले १ ओभर बलिङ गर्दा १७ रन खर्चिए ।

डी आर्सी सर्ट पनि लुम्बिनीका खर्चिला बलर हुन् । उनले १ ओभर २ बल बलिङ गर्दा २३ रन खर्चिए । गुलबदिन नैबले २ ओभर बलिङ गर्दा २५ रन र अविषेक गौतमले १ ओभर बलिङ गर्दा १२ रन खर्चिए ।


प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  २ : ०८ बजे

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई

केन्द्रीय कारागार छिरेका गृहमन्त्रीले भेटे टोपबहादुर र राजेश अहिराजलाई

काठमाडौं- गृहमन्त्री ओम प्रकाश अर्याल मंगलबार काठमाडौंस्थित दुई ठूला कारागार

कुलमानले भने- सही व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न बन्दैन

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सही व्यक्ति नेतृत्वमा