काबुल–इस्लामावाद तनावले पाकिस्तानमा रहेका अफगान आप्रवासी प्रभावित « Khabarhub

काबुल–इस्लामावाद तनावले पाकिस्तानमा रहेका अफगान आप्रवासी प्रभावित


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– काबुल र इस्लामाबाद बिच बढ्दो तनावले पाकिस्तानमा बसोबास गर्दै आएका अफगान आप्रवासीहरूलाई कठिनाइ भएको जनाइएको छ । उनीहरूलाई उदृत गर्दै उत्पीडन र जबरजस्ती निष्कासनको सिकार भएको टोलो न्यूजले रिपोर्ट गरेको छ । 

आप्रवासीहरूले तनावपूर्ण राजनीतिक वातावरणले उनीहरूको दैनिकी कठिन बनाएको बताउँदै आएको जनाइएको छ । टोलो न्युजमा अनुसार, केही अफगान आप्रवासीहरूमाथी पछिल्लो समयमा प्रहरीको दुर्व्यवहार अझै गम्भीर रुपमा बढ्दै गएको छ भने प्रहरीले सडक, पसल तथा घरमै पक्राउ गर्ने र  घुस लिने गरेका छन् । 

टोलो न्यूजले सामाजिक सञ्जालमा राखेको भिडियो फुटेजमा पाकिस्तानी प्रहरीले सार्वजनिक भेलाको क्रममा अफगान आप्रवासीहरू विरुद्ध नारा लगाउँदै उनीहरूलाई हटाउन आह्वान गरेको देखिन्छ ।

यी घटनाक्रमहरूको प्रतिक्रियामा, आप्रवासी अधिकारकर्मीहरूले  यस विषय लाई राजनीतिकरण नगर्न चेतावनी दिँदै मनमानी गिरफ्तारीले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको जनाका छन्  । 

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ६ : ०४ बजे

किसान श्रेष्ठको घरमा बिनाअनुमति छिर्‍यो सुदनको समूह, फेरि घर जलाउने धम्की दिएको आरोप 

बारा– नेकपा एमालेका नेता कृष्ण कुमार श्रेष्ठ (किसान) को बारा

युवा नै नयाँ नेपालको नेतृत्व हुन्, पार्टीले जिम्मेवारी दिन्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक

काठमाडौं– आइतबार हुने पार्टी एकताका विषयमा छलफल गर्न नेपाल समाजवादी

जनमत पार्टी कोशीका अध्यक्ष न्यौपानेले दिए राजीनामा

काठमाडौं– जनमत पार्टी कोशी प्रदेश अध्यक्ष बुद्धिराज न्यौपानेले पदबाट राजीनामा