जनमत पार्टी कोशीका अध्यक्ष न्यौपानेले दिए राजीनामा « Khabarhub

जनमत पार्टी कोशीका अध्यक्ष न्यौपानेले दिए राजीनामा


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टी कोशी प्रदेश अध्यक्ष बुद्धिराज न्यौपानेले पदबाट राजीनामा दिएका छन्। 

पार्टी अध्यक्ष डा. सिके राउतको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले पार्टीको साधारण सदस्य समेत नरहनेगरी राजीनामा दिएका हुन् ।

न्यौपानेका अनुसार नेपालको संविधान, राष्ट्रिय अखण्डता, राष्ट्रिय झण्डाप्रति सम्मान नहुने किसिमका अभिव्यक्तिले आफूलाई गम्भीर असहज भएको भन्दै पार्टीमा बसिराख्न नैतिक र वैचारिक आधार नरहेको निष्कर्ष निकालेका छन्। यस्ता अभिव्यक्तिले पार्टीप्रतिको आफ्नो विश्वास कमजोर भएको उल्लेख गरेका छन्।

न्यौपानेले आफू सधैं नेपाली पहिचान र राष्ट्रिय अखण्डताप्रति निष्ठावान् रहेको बताएका छन्। उनका अनुसार पार्टी नेतृत्वबाट नै राष्ट्रिय एकतामाथि प्रश्न उठ्ने परिस्थितिमा जनमत पार्टीमा निरन्तरता दिन सम्भव नभएको बताए ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ७ : २६ बजे

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको