युवा नै नयाँ नेपालको नेतृत्व हुन्, पार्टीले जिम्मेवारी दिन्छ : प्रचण्ड « Khabarhub

युवा नै नयाँ नेपालको नेतृत्व हुन्, पार्टीले जिम्मेवारी दिन्छ : प्रचण्ड


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा नै नयाँ नेपालको नेतृत्व भएको बताएका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित ‘जेन–जीसँग नेकपा’ कार्यक्रममा उनले युवालाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा नयाँ नेपालको नेता बनाउनेबारे पार्टीभित्र घनिभूत छलफल भइरहेको बताए।

‘मैले नयाँ पुस्तामा नवीन सपना देखिरहेको छु । अब युवालाई उत्तराधिकारी बनाउने र जिम्मेवारी सुम्पने सपना देख्नुपर्छ । युवालाई नयाँ नेपालको नेतृत्वका रूपमा तयार पार्नुपर्छ । त्यस विषयमा पार्टीले भूमिका खेल्नेछ’, संयोजक दाहालले भने।

उनले पार्टी कमिटी र निर्वाचनमा धेरैभन्दा धेरै युवालाई प्राथमिकता दिइने बताए।

 ‘नयाँ पुस्ताको युवालाई बढीभन्दा बढी जिम्मेवारी सुम्पने वातावरण बनाउन हामी पुराना पुस्ताका क्रान्तिकारीहरूको दायित्व हो । अब हामी छिट्टै त्यो निर्णय पनि गर्दैछौँ’, दाहालले भने।

संयोजक दाहालले मुलुकबाट भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न ‘जेनजी’ युवाले लिएको पहलले संसारभरका नेपालीमा नयाँ चेतना पैदा भएको बताएका छन् । उनले जेन-जी आन्दोलनले सबैलाई आत्मालोचना गर्ने ठाउँमा पुर्‍याएको पनि धारणा राखे। 

आफ्नो पार्टीले लामो समयदेखि हामीले उठाउँदै आएका सुधारका विषय र जेन-जीले राखेका माग समान रहेको भन्दै संयोजक दाहालले विगतमा भएका गल्ती, कमजोरी स्वीकार गर्ने र युवाको भावनाअनुसार आफूलाई बदल्ने नयाँ संकल्प जेन-जी आन्दोलनबाट प्राप्त भएको जिकिर गरे । 

नेकपाका नेता जगन्नाथ खतिवडाले ‘जेन-जी’ पुस्ताको आवाज आफ्नो पार्टीले मात्रै सुन्ने र त्यसैअनुसार भूमिका निर्वाह गर्ने बताए। युवाको चाहना मुलुकबाट भ्रष्टाचार अन्त्य र सुशासन स्थापना रहेको भन्दै उनले यही संकल्प बोकेर नेकपा अघि बढिरेहको बताए।

त्यस अवसरमा जेन-जी युवा माओवादीमा सहभागी भएको घोषणा गरिएको थियो । 

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ७ : ४४ बजे

किसानलाई धानको मूल्य पाउन समस्या

सुदूरपश्चिम – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा धान

मोबाइल चोरीको आरोपमा कुटपिट गर्दा युवकको मृत्यु

सप्तरी – मोबाइल चोरी गरेको आरोपमा कुटपिट गर्दा एक युवकको

विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ सम्पन्न

धनुषा – विवाहपञ्चमी महोत्सवअन्तर्गत तेस्रो दिन आज धनुष यज्ञ सम्पन्न

बाबुराम, जनार्दन र सन्तोष एकैठाउँ, आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने

काठमाडौं – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनार्दन शर्मा र रास्वपाबाट बाहिरिएका

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपरासी – पूर्वपश्चिम राजमार्गको नवलपुरमा ट्रकको ठक्करबाट आज साँझ मोटरसाइकल