किसान श्रेष्ठको घरमा बिनाअनुमति छिर्‍यो सुदनको समूह, फेरि घर जलाउने धम्की दिएको आरोप  « Khabarhub

किसान श्रेष्ठको घरमा बिनाअनुमति छिर्‍यो सुदनको समूह, फेरि घर जलाउने धम्की दिएको आरोप 


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

बारा– नेकपा एमालेका नेता कृष्ण कुमार श्रेष्ठ (किसान) को बारा जितपुर सिमरा नगरपालिकास्थित घरमा आफूलाई जेन-जीको नेता बनाउने सुदन गुरूङको समूह बिनाअनुमति छिरेको छ । 

बाराको सिमरामा यही मंसिर  ३ र ४ गते भएको झडपपछि अवस्था शान्त पार्ने कोसिस भइरहेका बेला सुदनले किसानको घरमा छिरेर धाक(धम्की दिएको आरोप लागेको छ।

नेकपा एमालेका नेता तथा बारा–४ का पूर्वप्रतिनिधि सभा सदस्य किसान भदौ २३ र २४ को घटनामा गहिरो दुःख व्यक्त गरेको सन्दर्भमा सुदनको समूह घरमै छिरेर धम्की दिएको खुलेको छ । 

श्रेष्ठका अनुसार पार्टी कामका लागि काठमाडौंमा रहेका बेला मंसिर ६ गते बिहान करिब ११ बजे जेन–जीका नेता भएको दाबी गर्ने सुदन गुरुङ नामक व्यक्ति उनको औराहास्थित घरमा प्रवेश गरी लुटपाट शैलीमा धम्क्याएका हुन् । 

उनका कर्मचारी र कामदारलाई भदौ २४ गते जलाइएका घर पुनर्निर्माण रोक्ने चेतावनी दिइएको उनले बताएका छन् । यसका साथै घर फेरि जलाइदिने धम्कीसमेत दिएको श्रेष्ठले बताएका छन्। उनले आफू सम्बद्ध नेतामाथि पनि केही पनि हुन सक्छ भन्ने धम्की आएको उल्लेख गरेका छन्।

श्रेष्ठले जेन–जी नाम प्रयोग गरेर भइरहेका गतिविधिले स्थानीय क्षेत्रमा आतंक फैलिएको भन्दै यसलाई रोक्न तथा शान्ति सुरक्षाको प्रत्याभूति दिन नेपाल सरकार र स्थानीय सरकारलाई तत्काल ध्यान दिन आग्रह गरेका छन्।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ७ : ५८ बजे

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको