सडक मापदण्डभित्रका बासिन्दालाई क्षतिपूर्ति दिइँदै « Khabarhub

सडक मापदण्डभित्रका बासिन्दालाई क्षतिपूर्ति दिइँदै


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गुल्मीमदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक क्षेत्रका स्थानीयलाई क्षतिपूर्तिबापतको रकम उपलब्ध गराउन सुरु गरिएको छ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालयले उक्त क्षेत्रमा सडक स्तरोन्नतिका क्रममा सडक मापदण्डभित्र पर्ने घरटहरा र संरचनाको रकम उपलब्ध गराउन थालेको हो ।

रिडी–तम्घास सडकमा मदन भण्डारी राजमार्ग योजना कार्यालयले क्षतिपूर्तिबापत स्थानीयलाई हालसम्म एक करोड ५२ लाख भुक्तानी गरिसकेको सूचना अधिकारी एवं इन्जिनियर हुमनाथ पौडेलले जानकारी दिए । यसपटक कम बजेट विनियोजन भएका कारण यस आर्थिक वर्षमा ५० प्रतिशतमात्र उपलब्ध गराइएको उनले बताए ।

कार्यालयले रिडी–तम्घास सडकखण्डमा सडक मापदण्डभित्र पर्ने २७ घरटहरा तथा संरचनाको क्षतिपूर्ति उपलब्ध गराइसकेको छ । उक्त खण्डमा क्षतिपूर्तिबापत पाँच करोड २३ लाख ६१ हजार मूल्याङ्कन गरिएको छ । सो मूल्याङ्कनमध्ये हालसम्म एक करोड ५२ लाखमात्र भुक्तानी उपलब्ध गराएको कार्यालय प्रमुख रमेश चौधरीले जानकारी दिए ।

क्षतिपूर्ति प्राप्त गर्न मापदण्डभित्र पर्ने संरचना हटाएपछि मात्र भुक्तानी पाउने भएकाले अन्य व्यक्तिको भुक्तानी पनि प्रक्रियामा रहेको उनको भनाइ छ ।

कार्यालयले पहिलो चरणअन्तर्गत एक सय दुई जनालाई क्षतिपूर्ति रकम उपलब्ध गराउन लागेको हो । जिल्लामा मुआब्जा तथा क्षतिपूर्ति निर्धारण समितिबाट भएको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयले यसअघि नै क्षतिपूर्ति पाउनेहरूको नामावली सार्वजनिक गरी सम्बन्धित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । त्यसका लागि प्रभावित क्षेत्रका घरधनीलाई कार्यालयले मापदण्डभित्र पर्ने घरटहरा र संरचना हटाउन सूचित गरिसकेको छ ।

क्षतिपूर्ति प्राप्त गर्न सडक स्तरोन्नतिका क्रममा घरटहरा, शौचालय, गोठ तथा अन्य भौतिक संरचनाको आवश्यक कागजात पेस गर्न सम्बन्धित संरचना धनीलाई आग्रहसमेत गरिसकेको सूचना अधिकारी पौडेलले बताए ।

प्रभावित घरधनीले क्षतिपूर्ति प्राप्त गर्न नागरिकता र लालपुर्जाको प्रतिलिपि, ब्लुप्रिन्ट नक्सा, वडा कार्यालयको सिफारिस, घरधनीको निवेदन, आर्थिक वर्ष २०८२–८३ को तिरो तिरेको रसिद, वडा कार्यालयको मुचुल्का तथा घरको चारैतिर देखिने तस्बिर आवश्यक पर्ने बताइएको छ ।

मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडकखण्डको रिडीदेखि गुल्मीदरबार गाउँपालिकाको रुन्खादहसम्म २५ किलोमिटर सडक स्तरोन्नति र कालोपत्रको काम भइरहेको छ ।

उक्त सडक स्तरोन्नतिका लागि जिल्लाको रुरुक्षेत्र गाउँपालिका, छत्रकोट र गुल्मीदरबार गाउँपालिकाले निर्माणकार्यलाई सहज र प्रभावकारी बनाउन सडक मापदण्डभित्र पर्ने घरटहरा तथा संरचना हटाउन स्थानीयलाई आग्रह गरेको छ । (रासस)

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ७ : ०९ बजे

पत्रकार महासंघ काठमाडौं शाखालाई बक्यौता बुझाउन समाज कल्याण परिषद्को निर्देशन

काठमाडौं – समाज कल्याण परिषद्ले भक्तीमण्डप क्षेत्रस्थित स्टल नं. ७

काठमाडौं–१ : ‘चर्चित’ निर्वाचन क्षेत्रमा मतदाताको मनोविज्ञान बुझ्दै उम्मेदवार

काठमाडौं– प्रजातन्त्र पुनःस्थापनापछिका निर्वाचनमा मुलुककै सर्वाधिक चर्चामा रहँदै आएको काठमाडौँ

प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रिय सभालाई सम्बोधन गर्दै (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय सभाको बैठक सुरु भएको छ । सोमबार प्रधानमन्त्री

राष्ट्रपति पौडेल र जापानका विदेश राज्यमन्त्रीबीच भेटवार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव हाम्रो

राष्ट्रियसभाको बैठकमा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुई वटा प्रतिवेदन पेस भएको छ