अमेरिकी बहिष्कारबीच जी२० घोषणापत्र पारित : रामाफोसाले ‘खाली कुर्सी’लाई हस्तान्तरण गरे जिम्मेवारी « Khabarhub

अमेरिकी बहिष्कारबीच जी२० घोषणापत्र पारित : रामाफोसाले ‘खाली कुर्सी’लाई हस्तान्तरण गरे जिम्मेवारी


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

जोहनेसवर्ग- अमेरिकी बहिष्कारबीच जी२० घोषणापत्र पारित : दक्षिण अफ्रिकी राष्ट्रपतिले ट्रम्पको माग नमाने, आज ‘खाली कुर्सी’लाई मेजबानी हस्तान्तरण

जोहान्सबर्ग- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहिष्कार गरे पनि जी२० सम्मेलनको पहिलो दिन शनिबार सदस्य राष्ट्रहरूले दक्षिण अफ्रिकाले तयार गरेको घोषणा पत्र सर्वसम्मतिले पारित गरेका छन् ।

दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले अन्तिम वक्तव्यमा अमेरिका सहभागी नभए पनि सबैको सहमतिमा निर्णय हुनु आवश्यक रहेको बताएका छन् ।

ट्रम्पले अन्तिम सेसनमा सहभागिताका लागि लिन एक अमेरिकी अधिकारी पठाउने बताएका थिए। रोयटर्सका अनुसार, दक्षिण अफ्रिकी अध्यक्षले अमेरिकी अधिकारीलाई पाहुनाका रुपमा स्वीकार गर्न हस्तान्तरण गर्ने प्रस्ताव अस्वीकार गरेको छ।

राष्ट्रपति रामाफोसाले आइतबार जी२० को आगामी अध्यक्षता ‘खाली कुर्सी’लाई हस्तान्तरण गर्नेछन्। २०२६ का लागि जी२० सम्मेलनको आयोजक अमेरिका हो । तर ट्रम्पको बहिष्कारका कारण कुनै पनि अमेरिकी प्रतिनिधि सम्मेलनमा उपस्थित छैन।

अहिलेका धनी जी ७ देशहरूले नै जी२० बनाएका थिए । जी२० लाई जी ७ को विस्तारका रूपमा लिइन्छ। जी ७ मा फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत, अमेरिका र क्यानाडा छन्।

सन् १९९७–९८ मा थाइल्यान्ड, इन्डोनेसिया, कोरिया जस्ता एशियाली देशहरू आर्थिक संकटमा थिए। त्यतिखेर जी७ ले मात्रले निर्णय लिँदै आएको थियो, तर एशियामा संकट भएकाले अन्य उदाउँदा अर्थतन्त्रलाई पनि सहभागी गराउनुपर्ने महसुस भयो।

त्यसपछि सन् १९९९ मा भारत, चीन, ब्राजिलजस्ता देशहरूलाई समेटेर जी२० गठन गरियो। सुरुवातमा यो केवल वित्त मन्त्री र केन्द्रीय बैंकका गभर्नरहरूको फोरम थियो।

सन् २००८ मा राष्ट्रप्रमुख र प्रधानमन्त्रीहरूलाई पनि समावेश गर्ने निर्णय भयो। पहिलो शीर्षस्तरीय सम्मेलन नोभेम्बर २००८ मा वासिङ्गटनमा भएको थियो।

विरोध पनि

जी२० सम्मेलनको अघिल्लो दिन शुक्रबार दक्षिण अफ्रिकामा देशभर महिलामाथिको हिंसा विरुद्ध ठूलो प्रदर्शन भयो। दबाबपछि सरकारले महिला हिंसालाई ‘राष्ट्रिय संकट’ घोषणा गर्यो।

जोहान्सबर्ग, प्रिटोरिया, केप टाउन, डरबनसहित १५ ठाउँमा महिलाहरू कालो कपडा लगाएर सडकमा उत्रिए। कालो कपडा शोक र प्रतिरोध दुवैको प्रतीक थियो।

महिलाहरूले १५ मिनेटसम्म चुपचाप जमिनमा लडेर विरोध जनाए। दक्षिण अफ्रिकामा दैनिक करिब १५ महिलाको हत्या हुने तथ्यसहित यो प्रदर्शन गरिएको थियो।

यो आन्दोलन जी२० वेमेन सटडाउन नामले चलाइएको हो, जसलाई ‘वुमेन फोर चेन्ज’ नामक संस्थाले आयोजना गरेको हो।

उनीहरूले महिला र फरक लिङ्गी समुदायलाई एक दिन कुनै काम नगर्न र पैसा खर्च नगर्न अपिल गरे । जसले समाज र अर्थतन्त्रमा उनीहरूको भूमिकाको प्रभाव देखियोस्।

महिलामाथिको हिंसा विरोधका साथै जलवायु संकट, असमानता, बेरोजगारी र भेदभाव मुद्दामा काम गर्ने समूहहरूले जी२० विरुद्ध छुट्टै सम्मेलन र प्रदर्शन गरिरहेका छन्।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १२ : ४२ बजे

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

काठमाडौं- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई

भारतले पठाएका थप ११ टन राहत सामग्री नेपाली पक्षलाई हस्तान्तरण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गर्न भारतले पठाएका

रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रुसमाथि

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र