हैजाविरुद्धको खोप ९० प्रतिशतलाई लगाइयो « Khabarhub

हैजाविरुद्धको खोप ९० प्रतिशतलाई लगाइयो


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले बारा र पर्सामा करिब ९० प्रतिशतलाई हैजाविरुद्धको खोप लगाएको छ । 

दुई चरणमा सम्पन्न भएको बारामा ८८ दशमलव २५ प्रतिशत र पर्सामा ९० प्रतिशतलाई खोप लगाइएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए । 

उनका अनुसार बारामा तीन लाख २२ हजार ९२६ र पर्सामा पाँच लाख ८९ हजार ३५४ जनालाई हैजाको महामारीविरुद्ध प्रतिकार्य खोप अभियानअन्तर्गत खोप लगाइएको छ । 

बारा र पर्सामा असोज २६ देखि कात्तिक २ र कात्तिक १३ देखि कात्तिक २७ गतेसम्म एक वर्षमाथिका सबैलाई हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो । 

शाखा प्रमुख डा गौतमले ती दुई जिल्लामा लगाइएको हैजाविरुद्धको खोप अहिलेसम्मकै सबैभन्दा धेरै ‘कभरेज’ रहेको बताए । 

‘अहिलेसम्म हैजाविरुद्धको खोप अभियानमा ७० देखि ८० प्रतिशतलाई लगाइने गरिएको थियो’, उनले भने, ‘घरघर गएर खोप लगाइएकाले ९० प्रतिशत खोप कभरेज रह्यो ।’

उनले लगाउन छुटेका १० प्रतिशतलाई नियमित खोप कार्यक्रमअन्तर्गत खोप लगाइएको जानकारी दिए । गत भदौमा बारा र पर्सामा हैजाको प्रकोप फैलिएपछि स्वास्थ्य सेवा विभागले बाराका छ र पर्साका १४ स्थानीय तहमा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो । रासस

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १ : ३९ बजे

सुरक्षा निकायलाई आवश्यक सवारी साधन खरिद गर्न गृहले थाल्यो अन्तिम प्रक्रिया  

काठमाडौं– आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वतन्त्र

२६ सय बिन्दुमा पुग्यो नेप्से, म्युचुअल बाहेक सबै उपसमूह हरियाली

काठमाडौं– आइतबार नेप्से परिसूचक (नेप्से) ३९.९२ अंकले बढ्यो । आज

मस्कोको पक्ष झुकेको अमेरिकी शान्ति योजनामाथि युक्रेनका सहयोगीको कूटनीतिक दबाब

किएभ– युक्रेनका प्रमुख पश्चिमी सहयोगी राष्ट्रहरूले शनिबार राजधानी वरिपरि भेला

शेरधनसँगको टसलमा एमालेबाट ‘निलम्बन गरिएका’ कृपाशुर गुन्डुमा केपी ओलीसँग देखिए

भोजपुर- कुनै बेला एकअर्काको राजनीतिक उचाइ र फाइदाका लागि कुममा

जेन-जीको बदनामी बढेपछि अभियन्ताको आक्रोश- ‘हामीलाई अपराधी करार नगरियोस्’ 

काठमाडौं– बुधबार नेकपा एमालेका नेता शकर पोखरेल र महेश बस्नेत