हनुमान र हिराको कथा सुनाउँदै सुदनले भने- नेपालीको भाग्य र भविष्यको तस्बिर खोज्दैछौँ « Khabarhub

हनुमान र हिराको कथा सुनाउँदै सुदनले भने- नेपालीको भाग्य र भविष्यको तस्बिर खोज्दैछौँ


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजनीतिक पुनर्संरचनाको अभियान चलिरहेका बेला आइतबार काठमाडौंमा नयाँ राजनीतिक शक्ति गठनको घोषणा भएको छ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, माओवादी छाडेका नेता जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाहिरिएका सन्तोष परियारसहितको समूहले आइतबार राष्ट्रिय सभा गृहमा ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ नामक नयाँ दल घोषणा गरेका हुन्।

नयाँ दल फागुन २१ गतेको चुनावका लागि दर्ता भइसकेको छ । यस दलले बाबुराम नेतृत्वको नेसपाको ‘आँखा’चुनाव चिह्न लिने भएको छ।

अहिलेसम्म झण्डाबारेमा छलफल जारी छ। महाधिवेशनसम्म पाँच–छ सदस्यीय अध्यक्षमण्डल रहने बताइएको छ।

उक्त दल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता सुदन किरातीले आफूहरू खराबहरूको विकल्पमा आएको बताएका छन् ।

उनले नयाँ दललाई खराब नेतृत्वका विकल्पका रूपमा प्रस्तुत गरेका हुन्। किरातीले नेतृत्वको चरित्र, संस्कृति र व्यवहार बदल्नु अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको बताए।

किरातीले कथा सुनाउँदै नेतृत्वमा देखिएको अहंकार र अवाञ्छित संस्कृतिको अन्त्य गर्नुपर्नेमा जोड दिए। हनुमानले पाएको हिराको माला भित्र राम र सीताको तस्बिर खोजेजस्तै आफूहरूले पनि नेपाल र नेपाली जनताको भाग्य र भविष्य देखिने नेतृत्व र दल खोजिरहेको बताए।

उनले सुनाएको कथा

तपाईंहरूलाई एउटा कथा सुनाउँछु म, हनुमानले उसबेला रावणको राजधानी लंका जलाएर फर्किएछन् । लंका जलाएर फर्किएका हनुमानलाई सबैभन्दा सम्मान हुन्छ भनेर स्वागतका क्रममा हिराको माला लगाइदिने कुरा भएछ ।

हनुमानलाई हिराको माला र अविरले लगाइएर भव्य स्वागत पनि गरिएछ। तर उक्त स्वागतका क्रममा पाएको हिराको माला खोलेर हनुमानले एक एक गर्दै ढुंगाामा फुटाउँदै हेर्दै गरेछन् । त्यो दृश्य देखेर सबैलाई आश्चर्य लागेछ अनि सोधेछन्, ‘किन हिराको माला फुटाउनु हुन्छ हेर्नु हुन्छ फ्याँक्नु हुन्छ ?’

जवाफमा उनले यो हिराको मालाको दानाको भित्री भागमा भगवान् राम र सीताको तस्बिर छ कि छैन भनेर हेर्दैछु भने छन् । ‘मलाई चाहिएको राम र सीताको तस्बिर हो, त्यसैले मलाई यो हिराको मालाको कुनै मूल्य छैन’, सुदनले हनुमानको जवाफबारे भने ।

त्यसैगरी आफूहरूले पनि नेपाल र नेपाली जनताको भाग्य र भविष्यको तस्बिर खोज्दै गरेको बताए । ‘हामीले आजैदेखि माला संस्कृतिलाई अन्त्य गर्दै श्रमिकका रूपमा पार्टी निर्माणमा लाग्छौँ,’ उनले भने, ‘हामीलाई भगवान बनाउन माला चाहिँदैन। देशका लागि काम गर्न सक्ने संरचना चाहिन्छ।’

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १ : ५६ बजे

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले

भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु

काठमाडौं–  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

ज्ञानेन्द्रको दाबीअनुसार वालेन्द्रले दर्शन गर्ने ‘खम्पा गुम्बा’ छ त मुस्ताङमा ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र

हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर

काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका

रास्वपा बैठक : उपसभापति वाग्ले पनि अनुपस्थित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा पार्टी उपसभापति स्वर्णिम