मकवानपुरमा १४ हजार छ सय तीन नयाँ मतदाता थप « Khabarhub

मकवानपुरमा १४ हजार छ सय तीन नयाँ मतदाता थप


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बागमती–  मकवानपुरमा १४ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । बागमती प्रादेशिक निर्वाचन कार्यालय हेटौँडाका अनुसार गत शुक्रबारसम्म जिल्लामा १४ हजार ६०३ जना नयाँ मतदाताले नाम दर्ता गराएका हुन् ।

जिल्लामा बायोमेट्रिक विधिबाट छ हजार ९७० र राष्ट्रिय परिचयपत्रका आधारमा सात हजार ६३३ गरी १४ हजार ६०३ जना नयाँ मतदाता थपिएका कार्यालयका सूचना अधिकारी ताराप्रसाद आचार्यले जानकारी दिए । यसअघि जिल्लाको मतदाता सङ्ख्या तीन लाख दुई हजार २४३ थियो ।

सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली सङ्कलन गरेको हो । 

नेपाली नागरिकता प्राप्त गरेर १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन सक्ने व्यवस्था छ । 

उमेर पुगे पनि विभिन्न कारणले विदेशमा काम गर्ने, पढाइ र कामको सिलसिलामा बाहिर रहेका मतदातालाई लक्षित गरेर जेन-जी समूहको मागअनुसार सरकारले मङ्सिर ५ गतेसम्म मतदाता नामावली सङ्कलन गरेको हो । 

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ४ : ०८ बजे

एनपीएलमा सट्टाबाजी गर्ने कार्यमा रहेको आरोपमा आठ जना भारतीय पक्राउ

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टाबाजी गर्ने कार्यमा संलग्न

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ।

‘जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्गलाई फराकिलो बनाउन लाग्छौँ’

कैलाली– नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले जनअधिकारको रक्षा

विद्यालयको सम्पत्ति अवैध भाडामा लगाएको आरोपमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीस्थित राष्ट्रिय माध्यमिक विद्यालयको सार्वजनिक

सर्वोच्च अदालतमा आगो लगाउनेमध्येका दुईजना समातिए

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका