मकवानपुरमा १४ हजार छ सय तीन नयाँ मतदाता थप « Khabarhub

मकवानपुरमा १४ हजार छ सय तीन नयाँ मतदाता थप


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बागमती–  मकवानपुरमा १४ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । बागमती प्रादेशिक निर्वाचन कार्यालय हेटौँडाका अनुसार गत शुक्रबारसम्म जिल्लामा १४ हजार ६०३ जना नयाँ मतदाताले नाम दर्ता गराएका हुन् ।

जिल्लामा बायोमेट्रिक विधिबाट छ हजार ९७० र राष्ट्रिय परिचयपत्रका आधारमा सात हजार ६३३ गरी १४ हजार ६०३ जना नयाँ मतदाता थपिएका कार्यालयका सूचना अधिकारी ताराप्रसाद आचार्यले जानकारी दिए । यसअघि जिल्लाको मतदाता सङ्ख्या तीन लाख दुई हजार २४३ थियो ।

सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली सङ्कलन गरेको हो । 

नेपाली नागरिकता प्राप्त गरेर १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन सक्ने व्यवस्था छ । 

उमेर पुगे पनि विभिन्न कारणले विदेशमा काम गर्ने, पढाइ र कामको सिलसिलामा बाहिर रहेका मतदातालाई लक्षित गरेर जेन-जी समूहको मागअनुसार सरकारले मङ्सिर ५ गतेसम्म मतदाता नामावली सङ्कलन गरेको हो । 

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ४ : ०८ बजे

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके– ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक

प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरु

धादिङ– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले

कैफियत देखिएपछि तीन फर्मलाई कारबाही

काठमाडौं– नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति

राष्ट्रपति पौडेल जापानको टोकियोमा

काठमाडौं – चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल