एन्फाद्वारा ए डिभिजन क्लब र खेलाडी संघसंग छलफल « Khabarhub

एन्फाद्वारा ए डिभिजन क्लब र खेलाडी संघसंग छलफल


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन क्लब र खेलाडी संघसंग छलफल गरेको छ ।  

आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको त्रिपक्षीय छलफल ए डिभिजन लिगलाई अघि बढाउने विषयका केन्द्रित भएको थियो । 

छलफलपछि हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले त्रिपक्षीय छलफल सकारात्मक दिशामा अघि बढेको जानकारी दिए। उनले सानो टीम बनाएर सोमबारदेखि छलफलमा बस्ने बताए  । 

लिग सञ्चालनमा देखिएका समस्या लगायतका विषयमा निरन्तर छलफल गरेर निष्कर्षमा पुग्ने उनको भनाइ छ । 

त्यस्तै एन्फा महासचिव किरण राईले त्रिपक्षीय छलफल भएको र आगामी दिनमा लिगलाई कसरी अघि बढाउने भन्नेबारे गृहकार्य गर्न संयुक्त समिति बनाइएको र समितिले निरन्तर छलफल गरेर ड्राफ्ट तयार पार्ने जानकारी दिए । उनले लिग गर्न एन्फा तयार रहेको भन्दै व्यवस्थापनका बारेमा एकरुपताका साथ अघि बढ्ने बताए । 

यसअघि ए डिभिजन क्लबले पूर्व सहमति अनुसार राष्ट्रिय लिग गर्नुपर्ने माग राखेको थियो भने खेलाडी संघले क्यालेन्डरमा उल्लेख भएअनुसार पुषबाटै ए डिभिजन लिग गर्नुपर्ने माग राखेको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ६ : ३९ बजे

मुस्ताङीले देखेको विकासको सपना पूरा गर्न लाग्छौँः डोलप्रसाद अर्याल

मुस्ताङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापित डोलप्रसाद अर्यालयले

विवाह पञ्चमीको चौथो दिन आज तिलकोत्सव सम्पन्न

जनकपुर – जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको आज चौथो

ओलीलाई लक्षित गर्दै गृहमन्त्रीले भने- बयान दिन नगए सरकारले सहयोग गरेर आयोगमा उभ्याउँछ

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गते

छोराले जिम्मा लिएर लगे दुर्गा प्रसाईंलाई

काठमाडौं- विवादित मेडिकल व्यवसायी एवम् राजा फर्काउने अभियानमा लागेका दुर्गा