पारसको बानीले आजित बनेपछि छोराछोरी पनि टाढिए...! | Khabarhub Khabarhub

पारसको बानीले आजित बनेपछि छोराछोरी पनि टाढिए…!


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व युवराज पारस शाहको आनीबानीले परिवारका सदस्यहरु आजित बनेका छन् ।

पारस पत्नी हिमानी शाह र छोराछोरीहरुको छवि लोकप्रिय बनिरहेका बेला पारसको उदण्ड स्वभावले उनीहरुलाई पनि असर गर्ने हो कि भन्ने चिन्तामा पूर्व राजपरिवार रहेको छ ।

यता पारसले भने ‘मलाई राजा बन्नु छैन, मोटरसाइकलमा हिँड्दा के को लाज ? ‘म राजा बन्दिनँ, अब साधु बन्छु’भन्दै जोगी जीवन बिताएको दाबी गरिरहेका छन् । पारसको यसकिसिमको उदण्ड शैलीप्रति उनीहरु आजित बनेका हुन् । उनीहरु चिन्तित पनि त्यत्तिकै छन् । सन्ततिहरुले पारसको यस किसिमको पाठ नसिकुन् भनेर छोराछोरीलाई अलग राखिएको स्रोतले जनाएको छ ।

पारसको विगतभन्दा वर्तमान झन बर्बादीतिर धकिलिएको भन्दै परिवारका सदस्यहरुलाई पारसबाट अलग्गै राखिएको हो । पछिल्लो पटक युट्युबर सोनिकासँग हिमचिम बढेको विषयलाई लिएर यस्तो हर्कद गर्न नहुने राजाबादीहरु बताउँछन् । राजसंस्थाप्रति सहानुभूति राख्नेहरुले पनि पारसको उदण्डताले पूर्व राजाप्रति बढ्दो समर्थनमा धक्का पुग्नेतर्फ सचेत गराएका छन् ।

पूर्व राजपरिवारमा पारसलाई हृदयन्द्रबाट टाढा राखिएको छ । पारसको बानीकै कारण लामो समयदेखि पत्नी हिमानी पनि टाढा छिन् । हिमानी समाजसेवामा सक्रिय छिन् । उनको समाजमा लोकप्रियता बढ्दो छ । हिमानीले छोरा हृदयन्द्रलाई साथमा लिएर परोपकारी काम सिकाइरहेकी छिन् । छोरी पूर्णिका शाह र किर्तिका शाह पनि परोपकारी काममा लागिरहेका छन् ।

आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको पारसले बताएका छन् । ‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु’ खबरहबसँगको कुराकानीमा पारसले भने,‘म साधुको जस्तो जीवनशैली बिताउँछु ।’

निर्मल निवासमा पारस शाहलाई प्रवेश निषेध रहेको विषयसमेत चर्चामा रहेको बेला पारसले आफू निर्मल निवासमा नभई छुट्टै अपार्टमेन्टमा बसिरहेको स्वीकार गरे । उनले भने,‘धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ।’

पूर्व युवराजको जीवनशैली र व्यवहारबारे आलोचना भइरहेको बेला पारसले भने आफूलाई त्यस्ता कुराले कुनै प्रभाव नपर्ने बताए । ‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु’ पारसले भने,‘लुकाउन के जरुरी छ र !’

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ६ : ४३ बजे

आईपिएलको छायामा भारतको विश्वकप टिम घोषणा

आज अर्थात् मे १ विश्वकप टी-२० क्रिकेटका लागि छनोटको अन्तिम

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

रोशी गाउँपालिकामा आगलागी, १५ घर नष्ट

काभ्रे– काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५

आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

काठमाडौं– आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम

मर्यादित श्रमको वातावरण निर्माण गर्नु जरुरी : राष्ट्रपति 

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण