सर्वोच्चको आदेशपछि छुटे दुर्गा प्रसाईं (तस्बिरहरू) « Khabarhub

सर्वोच्चको आदेशपछि छुटे दुर्गा प्रसाईं (तस्बिरहरू)


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतको आदेश पछि विवादित मेडिकल व्यवसायी एवम् राजा फर्काउने अभियानमा लागेका दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई उनका छोराले बुझेर लगेका हुन् ।

बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय डा नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार रिहा गर्न आदेश दिएपछि उनलाई छोरा निराजनले बुझेर लगेका हुन् ।

राजसंस्था पुनःस्थापनाको माग गर्दै अनिश्चितकालीन आन्दोलन घोषणा गरेका प्रसाईं संगठित अराजकता फैलाएको आरोपमा गत सोमबार मध्यराति घरैबाट पक्राउ परेर जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा थिए ।

भक्तपुरको मध्यपुरठिमीस्थित निवासबाट पक्राउ परेयता उनीमाथि मुद्दा चलाउन चार दिनको म्याद थपिएको थियो । त्यसपछि उनको समूहले देशव्यापी आन्दोलन घोषणा गरेको थियो । तर उक्त आन्दोलन शनिबार सरकारसँगको सहमतिपछि रोकिएको थियो ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ९ : ०० बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको