विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि गरिँदै « Khabarhub

विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि गरिँदै


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज मटकोर विधि गरिँदैछ । यसका लागि आज दिउँसो जानकी मन्दिरबाट बाजागाजा सहितका टोली धार्मिक तथा पौराणिक महत्वको गंगासागर पोखरीमा पुगेर मटकोर विधि गरिनेछ ।

मिथिलामा विवाह पूर्व बेहुला र बेहुलीलाई मटकोर गर्ने चलन रहेको छ । सोही चलन अनुसार रामजानकी विवाहको अघिल्लो दिन मटकोर विधि गर्न लागिएको हो ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो  दिन तिलकोत्सव र पाँचौँ दिन मटकोर विधि गरिन्छ ।

यस्तै छैटौँ तथा मुख्य दिन मंसिर शुक्ल पञ्चमीमा भोलि स्वयंवर र राति वैवाहिक कार्यक्रम रहेको छ ।

त्रेतायुगमा मङ्सिर शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनास्वरूप परापूर्वकालदेखि धुमधामसँग विवाहपञ्चमी महोत्सव मनाउने गरिएको छ । विवाहपञ्चमीको भोलिपल्ट मङ्गलबार रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ८ : ३६ बजे

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर– सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक हजार

बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु

काभ्रेपलाञ्चोक– बनेपा नगरपालिकामा बालश्रममुक्त उद्योग घोषणा अभियान थालिएको छ ।

तारकेश्वरको थापागाउँमा सार्वजनिक जग्गाको संरक्षण गरिँदै

काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका–७ फुटुङमा अतिक्रमण गरी भाडामा लगाइएका सार्वजनिक

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा– चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा

सुविधा सम्पन्न नयाँ भवनबाट स्वास्थ्य सेवा सुरु, सेवाग्राहीको चाप बढ्यो

भक्तपुर– जीर्ण भवनबाट स्वास्थ्य सेवा दिँदै आएको सिपाडोल स्वास्थ्यचौकीले आजदेखि