इसाई समुदायद्वारा पाकिस्तानको पञ्जाबमा लागू नयाँ निर्वाचन कानुनको विरोध « Khabarhub

इसाई समुदायद्वारा पाकिस्तानको पञ्जाबमा लागू नयाँ निर्वाचन कानुनको विरोध


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अल्पसङ्ख्यक इसाई समुदायले पाकिस्तानको पञ्जाब प्रान्तमा लागू भएको नयाँ निर्वाचन कानुनको विरोध गरेका छन् । पञ्जाब प्रान्तमा लागू भएको नयाँ निर्वाचन कानुनले धार्मिक अल्पसङ्ख्यक समुदायलाई मतदान अधिकारमा कठोर बन्देज लगाएको छ ।

पञ्जाब स्थानीय सरकार ऐन २०२५ अन्तर्गत आगामी डिसेम्बर महिनामा स्थानीय चुनाव हुनेछ । यस चुनावले ४ हजारभन्दा धेरै स्थानीय परिषद्मा सदस्य निर्वाचित गर्ने अपेक्षा गरिएको छ ।

पञ्जाबमा पछिल्लो पटक सन् २०१५ मा यस्तो निर्वाचन भएको थियो ।

यद्यपि नयाँ निर्वाचन कानुनले आफूहरुको राजनीतिक अधिकार सङ्कुचित हुने अल्पसङ्ख्यक इसाई धर्मावलम्बीको चिन्ता छ । उनीहरुको चिन्ता खासगरी आरक्षित सिटलाई लिएर रहेको क्रिस्चियनपोस्टले उल्लेख गरेको छ ।

नयाँ प्रणालीले धार्मिक अल्पसङ्ख्यक, महिला र श्रमिकजस्ता समाजको कमजोर तप्कालाई राजनीतिक सीमान्तकरणको जोखिम बढाएको रदारी तहरिकका अध्यक्ष सामसन सलामतको भनाइ छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  २ : १२ बजे

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ

५०० करोड कमाउने ‘दृश्यम’को यात्रा तेस्रो भागमै टुंगिने, किन चाहँदैनन् निर्देशक चौथो सिक्वेल?

काठमाडौं– बलिउड अभिनेता अजय देवगन अभिनीत ‘दृश्यम ३: द कन्क्लुजन’ले