टीओबी समूहका ५६ सदस्य नेपाली, तेन्जिन मात्र तिब्बतसँग जोडिए « Khabarhub

टीओबी समूहका ५६ सदस्य नेपाली, तेन्जिन मात्र तिब्बतसँग जोडिए


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २४ गतेको जेन–जी प्रदर्शनमा वातावरण भड्काएको आरोप लागेको ‘टीओबी’ समूहका अधिकांश सदस्य नेपाली नागरिक भएको प्रहरीले जनाएको छ। काठमाडौं प्रहरी परिसरले सोमबार पत्रकार सम्मेलन गर्दै टीओबीबारेको अनुसन्धान सार्वजनिक गर्दै समूहका ५७ मध्ये तेन्जिन दावा लामा मात्र तिब्बती मूलका रहेको स्पष्ट पारेको हो।

चर्को आवाजमा बाइक कुदाएको र बिजुलीबजारमा पेस्तोल देखाएको आरोपमा पक्राउ परेका तेन्जिनमाथि अभद्र व्यवहार, कागजात तथा लागूऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले बतायो। प्रहरीले उनको साथबाट ‘तिब्बतीयन ओरिजिनल ब्लड’ लेखिएको ६ वटा ज्याकेट पनि बरामद गरेको छ।

२०२४ जुन १० मा स्थापना भएको यो बाइकर्स समूहका २६ सदस्यले आन्दोलनमा १४ मोटरसाइकल प्रयोग गरेको र ती सबै सोमबार अभिभावकको रोहबरमा सोमबार बुझाइएको छ। समूहका सदस्यहरूले र्‍यापर सुरेन्द्र गुरुङबाट प्रभावित भएर ‘हाकिम’ लेखिएको टिसर्ट प्रयोग गरेको बयान दिएका छन्।

‘यसमा ५७ जना सदस्य रहेछन्, लोगोको डिजाइन तेन्जिन नै गरेका रहेछन्,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यसको पूरा रुप द ओरिजिनल ब्रदर्स रहेको देखिन्छ, तर तिब्बती मूलको भएकाले तेन्जिनले आफ्नो ज्याकेटमा तिब्तियन ओरिजिनल ब्लड लेखेको बयान दिएका छन्।’

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  १० : ०१ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले