लगालग विकेट गुमेपछि लुम्बिनी संकटमा  « Khabarhub

लगालग विकेट गुमेपछि लुम्बिनी संकटमा 


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा लगालग विकेट गुमेपछि जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी लायन्स संकटमा परेको छ ।

खेल १२ ओभरमा पुग्दा लुम्बिनी ७ विकेट गुमाउँदै ७९ रनको दयनीय अवस्थामा छ ।

लुम्बिनीले १० ओभरको चौथो बलमा पाँचौँ विकेटको रुपमा जेजे स्मित आउट भए । सोही ओभरको अन्तिम बलमा सुमित महर्जन आउट भए । ११ ओभरको पाँचौँ बलमा रुबेन ट्रम्पेलम्यान आउट भए । उनीहरु कसैले दोहोरो रन बनाउन सकेनन् । 

त्यसअघि १६ बलमा ११ रन जोडेका रोहित काठमाडौंका गेरहार्ड इरास्मसको एलबीडब्ल्यू धरापमा परेका हुन् । उनी सात ओभरको पाँचौँ बलमा ६४ रनको अवस्थामा आउट भएका हुन् । 

सुरुवाती क्रमका ब्याटरहरु आउट भएपछि लुम्बिनीको ब्याटिङ दबाबमा परेको छ । 

तेस्रो विकेटका रुपमा गुलबदिन नैब सस्तैमा आउट भएका हुन् । उनले ६ बलमा १ छक्का र १ चौकाको सहयोगमा ११ रन जोडे । शाहब आलमले उनलाई आउट गराएका हुन् । 

त्यसअघि ओपनर डीआर्सी सर्ट ११ बलमा २२ रन जोडेर आउट भए । ३ चौका र १ छक्का प्रहार गरेका उनलाई मिलिन्दाले ३ ओभरको दोस्रो बलमा दोस्रो विकेटका रुपमा आउट गराएका हुन् । 

अर्का ओपनर सन्दीप जोरा पनि मिलिन्दाकै बलको शिकार भएका हुन् । पहिलो विकेटका रुपमा आउट भएका उनले ५ बलमा १ चौकाको सहयोगमा ७ रन जोडे । 

सन्दीपलाई मिलिन्दाले दोस्रो ओभरको दोस्रो बलमा रसिद खानमार्फत क्याच आउट गराएका हुन् । 

टस जितेको लुम्बिनी १५८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको हो ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ६ : ५० बजे

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ

किसानलाई अनुदानमा कृषि सामग्री वितरण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले यहाँका किसानलाई ९२

अर्जेन्टिना र स्विट्जरल्यान्डको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ – फिफा विश्वकपको रोमाञ्चक क्वार्टरफाइनलमा निर्धारित समयमा १–१ को

विश्वकप : अर्जेन्टिनाविरुद्ध १० खेलाडीमा समेटियो स्विट्जरल्यान्ड, खेल १–१ को बराबरीमा

काठमाडौँ – फिफा विश्वकपको रोमाञ्चक क्वार्टरफाइनल खेलमा अर्जेन्टिना र स्विट्जरल्यान्डको