नबिल बैंक र नेपाल इन बिजनेश-ग्रोथ अड्भाइजर्सबीच साझेदारी « Khabarhub

नबिल बैंक र नेपाल इन बिजनेश-ग्रोथ अड्भाइजर्सबीच साझेदारी


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नबिल बैंक र नेपाल इन बिजनेश -ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच साना तथा मझौला उद्यमलाई अनुदान र प्राविधिक सहायता उपलब्ध गराउनका लागि रणनीतिक साझेदारी भएको छ । 

साझेदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र एनआइबी कार्यक्रमका प्रमुख रतिस बस्न्यातबीच हस्ताक्षर भएको छ । 

उक्त कार्यक्रमअन्तर्गत फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट कार्यालय (एफसिडिओ) ले एनआइबी–जिए मार्फत विभिन्न ४० वटा साना तथा मझौला उद्यमलाई एनआइबीले तोकेको मुख्य क्षेत्र र भूगोलका आधारमा ८४ करोड रुपैयाँ (४.५ मिलियन पाउण्ड) अनुदान उपलब्ध गराउने बैंकको दाबी छ । 

नबिल बैंकका सिइओ ज्ञवालीले यसप्रकारका अभियानले साना तथा मझौता उद्यमीहरुको मनोबल बढाउन सहयोग पुग्ने बताए । 

‘यो परियोजना साना तथा मझौला उद्यमको विकास गर्न उद्यमी र नीति निर्मातासँग नजिक रही काम गर्ने उद्देश्यले तयार पारिएको छ’, उनले भने, ‘परियोजनाअन्तर्गत नबिल बैंकले साझेदार संस्थालाई एसएमई कर्जा र च्यानल फाइनान्सिङको सुविधा उपलब्ध गराउन सकिनेछ ।’

एनआइबी–जिए कार्यक्रमका प्रमुख बस्न्यातले परियोजनामा व्यवस्थित र पारदर्शी रुपमा अनुदान व्यवस्थापन गर्न लागेकामा नबिल बैंकप्रति आभार व्यक्त गरे । 

‘यसप्रकारको सहकार्य सोही प्रकृत्तिका अन्य परियोजनामा पनि लागू गर्न सकिन्छ, सरकारले पनि पुँजीगत खर्चको प्रभावकारिता बढाउनका लागि यसप्रकारका ढाँचा अबलम्बन गर्न सक्छ’, उनले भने । 

साझेदारीअनुसार बैंकले कार्यक्रमको वित्तीय साझेदारका रुपमा उद्यमीलाई अनुदान वितरण गर्ने बताएको छ । 

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ४ : २५ बजे

राप्रपाको १६ बुँदे निर्णय : पूर्वराजा, दल र जेन-जीबीच खोज्यो नयाँ सहमति, मंसिर २३ गते शक्ति प्रदर्शन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले

सोलुखुम्बुबाट एमालेका सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

सोलुखुम्बु– नेकपा एमालेको आशन्न ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सोलुखुम्बु

सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल

कैलाली– नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले अन्तरिम सरकारले

प्रधानमन्त्रीसँग एमालेको अडान : यो सरकारको वैधताको छिनोफानो सर्वोच्च अदालतले गर्नुपर्छ

काठमाडौं- नेकपा एमालेका नेताहरूले जेन-जी आन्दोलनपछि गत भदौ २७ गते

ब्याटिङमा सुमीत र बलिङमा विपीन चम्किँदा पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत जनकपुर