पोखराले गुमायो चार विकेट, लगालग ब्याटर बाहिरिए « Khabarhub

पोखराले गुमायो चार विकेट, लगालग ब्याटर बाहिरिए


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले लगातार चार विकेट गुमाएको छ ।

खेल १० ओभरको दोस्रो बलमा पुग्दा पोखराले ६४ रन जोड्दै ४ विकेट गुमाएको हो ।

चौथो विकेटका रुपमा जेम्स निशम सस्तैमा आउट भएका हुन् । उनले ३ बलमा १ रन जोडे ।

पहिलो विकेट लिन जनकपुरलाई सकस परेको थियो । ओपनरद्वय दिनेश खरेल र एडम रोसिंगटनले ६१ रनको बलियो साझेदारी गरे । 

८ ओभरको तेस्रो बलमा एडम १७ बलमा ३ चौकाको सहयोगमा २४ रन बनाएर आउट भए । 

त्यसपछि पोखराले लगालग विकेट गुमाएको हो । ८ ओभरकै चौथो बलमा दोस्रो विकेटका रुपमा कुशल भुर्तेल आउट भए । उनले १ बल सामना गर्दा रनको खाता खोल्न सकेनन् । 

९ ओभरको पाँचौँ बलमा ओपर दिनेश खरेल पनि आउट भए । उनले ३८ बलमा ३८ रन जोड्न २ चौका र ३ छक्का प्रहार गरे ।

जनकपुरका सञ्जयको बलमा एडम, कुशल र जिम्स आउट भएका हुन् । अनिश शाहले दिनेशलाई आउट गराएका हुन् । 

८ ओभरसम्म लयमा ब्याटिङ गरेको पोखरा त्यसपछि धर्मराएको छ । ८ ओभरपछिको २ ओभरमा ४ विकेट गुमाएको हो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ४ : ४५ बजे

होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशले तेल उत्पादन बढाउने

भियना- तेल उत्पादन गर्ने प्रमुख देशहरूको समूह ‘ओपेक प्लस’ मा

सुहाङको प्रस्ताव : सुकुम्वासीलाई राखिएको होल्डिङ सेन्टर अनुगमनमा तत्कालै जाऊँ

काठमाडौं- संघीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसद

संसदीय समितिमा विपक्षीले घेरे सरकारलाई, संसद् छलेर अध्यादेशको बाटोमा गएको आरोप

काठमाडौं- प्रतिपक्षी दलका सांसदहरुले संसद्लाई छलेर अध्यादेश ल्याइएको भन्दै आपत्ति

आशा जगाउने बजेट ल्याउछौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट ल्याउने बताएका

बागमतीका मुख्यमन्त्रीको घरमा पस्यो सम्पत्ति शुद्धीकरण विभाग

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घरमा सम्पत्ति शुद्धीकरण विभागले