भायानेटले ल्यायो ‘सुपरहिट इन्टरनेट प्याक’ « Khabarhub

भायानेटले ल्यायो ‘सुपरहिट इन्टरनेट प्याक’


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भायानेट कम्युनिकेशन लिमिटेडले नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’ सार्वजनिक गरेको छ । यो योजना उच्च गति, भरपर्दो तथा किफायती इन्टरनेट सेवाका लागि डिजाइन गरिएको कम्पनीको दाबी छ ।

भायानेटका अनुसार सुपरहिट इन्टरनेट प्याकअन्तर्गत १०० एमबीपीएस, २०० एमबीपीएस र ३०० एमबीपीएस इन्टरनेट योजना उपलब्ध गराएको छ ।  जसमा सबैभन्दा लोकप्रिय  २०० एमबीपीएस वार्षिक प्याकेज अब  ११,२०० (भ्याटसहित) मा प्राप्त गर्न सकिन्छ । 

विशेष रूपमा २०० एमबीपीएस वा सोभन्दा माथिको वार्षिक योजना लिने ग्राहकहरूले १ महिना इन्टरनेट निःशुल्क पाउनेछन् । 

साथै, यिनै २०० एमबीपीएस वा सोभन्दा  माथिको प्याकेजहरूमा प्राथमिकता सेवाको साथमा ‘उही दिन समर्थन’ सुविधा पनि समावेश गरिएको छ, जसअनुसार इन्टरनेटसम्बन्धी कुनै समस्या दिउँसो ३ बजेअघि दर्ता गरिने इन्टरनेटसम्बन्धी गुनासाहरूलाई सोही दिनमै प्राथमिकतापूर्वक समाधान गरिने कम्पनीले जनाएको छ।

भायानेटका अनुसार मेश राउटर पनि विशेष मूल्यमा उपलब्ध गराएको छ । सामान्यतया ३,००० रुपैयाँ पर्ने मेश राउटर अहिले २,५०० मा पाइनेछ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ५ : ०१ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ