कल्याण गुरूङ भन्छन् : विशेष महाधिवेशन माग्ने २५ प्रतिशत पनि छैनन्, दुई महामन्त्रीको नियत ठिक छैन  « Khabarhub

कल्याण गुरूङ भन्छन् : विशेष महाधिवेशन माग्ने २५ प्रतिशत पनि छैनन्, दुई महामन्त्रीको नियत ठिक छैन 


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता कल्याण गुरुङले वरिष्ठ विशेष महाधिवेशन सम्बन्धी विवाद, भ्रम र आन्तरिक मतभिन्नताबारे कडा धारणा सार्वजनिक गरेका छन्। 

उनले विशेष महाधिवेशनलाई अनिवार्य विकल्पका रूपमा प्रस्तुत गर्ने प्रयास उद्देश्यपूर्ण रहेको दाबी गर्दै त्यसका थुप्रै विकल्प उपलब्ध भएको स्पष्ट पारेका छन्।

उनले धारा १७९२० अन्तर्गत मागिएको विशेष महाधिवेशनका लागि ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षर अनिवार्य हुने भन्दै हस्ताक्षरको सनाखत र प्रमाणीकरण तत्काल सुरु गर्न आग्रह गरे। 

उनले सनाखतका लागि स्पष्ट प्रक्रिया, मापदण्ड र पदाधिकारी समिति गठन अनिवार्य हुने बताए। प्रारम्भिक आकलन अनुसार २५ प्रतिशतसम्म हस्ताक्षर पनि नपुग्ने सम्भावना आफूहरूले देखिरहेको टिप्पणी गरे।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माहरू विशेष महाधिवेशनमा इमानदार नभएको गुनासो व्यापक रहेको उनले बताएका छन्। 

राष्ट्रिय सभा गृहमा बोलाइएको कार्यक्रममा उनीहरूको अनुपस्थितिले यी आशंकालाई बलियो बनाएको उनले बताए। महामन्त्रीहरूले विशेष महाधिवेशनलाई बार्गेनिङ उपकरणका रूपमा प्रयोग गरिरहेको बुझाइ पनि पार्टीका तह–तहमा फैलिएको उनको दाबी छ।

राष्ट्रिय सभा गृहको कार्यक्रममा करिब ७०–८० प्रतिनिधि मात्र उपस्थित भएको र धेरै सहभागी महाधिवेशन प्रतिनिधि नै नभएको तथ्य आएका प्रमाणका आधारमा गुरूङले सार्वजनिक गरेका छन् ।

विशेष महाधिवेशनका अगुवामध्ये नै तीव्र असहमति र दिशाहीनता रहेको उल्लेख गर्दै उनले हस्ताक्षरविहीन प्रेस विज्ञप्ति निकालिएको घटनाले नेतृत्व पक्षमै समन्वयको अभाव देखाएको बताए।

उनले ४० प्रतिशत हस्ताक्षर नपुगेमा विशेष महाधिवेशन स्वतः खारेज हुने स्पष्ट पार्दै धारा १७९२० कार्यान्वयनका लागि छुट्टै नियमावली, कार्यविधि, छानबिन समिति र संरचनागत तयारी गठन गर्नुपर्ने सूचीबद्ध माग राखे।

गुरूङले युवा समावेशीकरण, कार्य सम्पादन समिति, केन्द्रीय संसदीय समिति गठन, राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार सूची तत्काल सार्वजनिक गर्नुपर्ने, निर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने निर्णय गर्नुपर्ने लगायतका १५ बुँदे कार्ययोजना प्रस्तुत गरे।

धारा १७९२० ले नेतृत्व परिवर्तन गर्न सकिन्छ भन्ने धारणा ‘पुरेको भ्रम’ भएको उनको भनाइ छ। यो धारा असाधारण नीतिगत परिवर्तनका लागि मात्रै प्रयोग हुने भएकाले नेतृत्व बदल्ने प्रयोजनका लागि प्रयोग गर्न खोज्नु विधिविपरीत रहेको उनले भने।

महाधिवेशनको कार्यतालिका चाहिएको हो कि १५औँ महाधिवेशन नै चाहिएको हो, यो स्पष्ट हुनुपर्ने उनले उल्लेख गरे। क्रियाशील सदस्यता टुंगो नभएसम्म महाधिवेशन असम्भव हुने भन्दै सबै कामभन्दा अघि सदस्यता छानबिन सक्नुपर्ने उनले जोड दिए।

पार्टीमा कसैले विशेष महाधिवेशनको डर नराखेको बताउँदै उनले विशेष महाधिवेशनको डर देखाएर स्वार्थसिद्धि गर्ने प्रयास अस्वीकार्य हुने उनले बताएका छन् ।

उनले पार्टीलाई नीतिगत स्पष्टता, कार्यतालिका र संगठनात्मक तयारीतर्फ केन्द्रित गर्न आह्वान गरेका छन्।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ८ : १४ बजे

मतदातालाई महावीर पुनले भने- तपाईँलाई मन पर्छ भोट देउ, मन पर्दैन भने नदेउ

काठमाडौं- स्वतन्त्र उम्मेदवार महावीर पुनले आफ्नो चुनावी अभियानका क्रममा मतदातालाई

अफगानिस्तानमा घरको छाना खस्दा ४ जनाको मृत्यु

एजेन्सी – अफगानिस्तानको दक्षिणी प्रान्त कन्दाहरमा शनिबार एक घरको छाना

गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु

एजेन्सी– गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको

निर्वाचन आचारसंहिता कार्यान्वयनमा भोजपुरका सबैपक्ष प्रतिबद्ध

भोजपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

रास्वपाका दर्जनौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश

राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुपुर गाउँपालिका अध्यक्ष पदका प्रत्यासी मुनिलाल