रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु « Khabarhub

रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

धरान– तीव्र गतिको मोटर साइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा त्यसका चालकको मृत्यु भएको छभने सोही वाहनमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन् ।

धरान उपमहानगरपालिका–८ तीनकुनेस्थित सडक किनारमा रोकेर राखिएको प्रदेश १–०२–००१ ख ८७५७ नम्बरको ट्रकमा प्रदेश १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकल गए राति ठोक्किँदा चालक इटहरी उपमहानगरपालिका–४ का २५ वर्षीय मञ्जिल लिम्बूको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काका अनुसार मोटरसाइकलमा सवार इटहरी–५ का ३२ वर्षीय अमित राईको अवस्था गम्भीर छ । निजको  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको छ । 

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ९ : १२ बजे

सातापछि बत्ती बाल्ने तयारीमा रहेको हाइड्रो बाढीले बगायो, ६० मजदुर र कर्मचारी सम्पर्कविहीन

काठमाडौं- एक सातापछि विद्युत् उत्पादन सुरू गरेर राष्ट्रिय प्रसारण लाइनमा

विदेशी विनिमय सञ्चिति झण्डै ३९ खर्ब पुग्यो

काठमाडौं– नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै ३९ खर्ब पुगेको छ

रसुवाको विनाशकारी बाढीबारे चिनियाँ सरकारको मौसम केन्द्रले यस्तो रिपोर्ट ल्यायो

काठमाडौं- रसुवाको ल्हेन्दे खोला तथा रसुवागढी क्षेत्रमा भोटेकोशीमा आएको भीषण

नाट्टाले ‘हेल्प डेस्क’ र राहत कोष स्थापना गर्ने

काठमाडौं– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले भोटेकोशी