धनगढी- नेकपा (एमाले) अछामका पूर्वजिल्ला कमिटी सचिव भरत साउद नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्। २०७० सालको संविधानसभा सदस्य उनलाई पार्टीका नेता भीमबहादुर रावलले एक कार्यक्रमबीच स्वागत गरे ।
पार्टी प्रवेशपछि साउदले कम्युनिस्ट आन्दोलनको एकताका लागि सक्रिय भएर योगदान दिन चाहेको बताए। ‘कम्युनिस्ट पार्टी एकता अभियान जसले अघि बढाए पनि सकारात्मक हो,’ साउदले भने, ‘त्यसैले नेकपातिर जोडिएँ ।’
उनी यसअघि भीम रावलविरोधी नेता थिए । तर आफू कम्युनिष्ट नहुने डरले मातृभूमि अभियानमा नजोडिएको बताए । अहिले सबै मिलेर नेकपा बनेपछि त्यसमै लागेको उनले बताए ।
साउद २०५० देखि २०५४ सम्म एमाले उपसचिव भए । त्यसपछि दुईपटक एमाले जिल्ला सचिव (प्रमुख) थिए। साउद अछाम क्षेत्र नम्बर २ बाट २०७० सालको संविधानसभा सदस्य बनेका थिए ।
उता शुक्रबार धनगढीमा आयोजित नेकपाको ‘एकता सन्देश सभा’ लाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल र नेता भीम रावलले सम्बोधन गर्दैछन् ।













प्रतिक्रिया