सुरूवातमै दुई विकेट गुमेपछि दबाबमा काठमाडौं « Khabarhub

सुरूवातमै दुई विकेट गुमेपछि दबाबमा काठमाडौं


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीको त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल ) क्रिकेटमा काठमाडौं गुर्खाजले सुरुमै दुई विकेट गुमाएको छ ।

काठमाडौंका तेस्रो क्रमका ब्याटर राशिद खान तेस्रो ओभरको पाँचौँ बलमा केबल ६ रन बनाएको अवस्थामा क्याच आउट हुन पुगे । उनी केबल एक छक्का हान्दै बाहिरिए ।

यसअघि चितवन राइनोजविरुद्ध पहिले ब्याटिङमा उत्रिएको काठमाडौंका ओपनर आकाश त्रिपाठी रन आउट भए । उनी ५ बलको सामना गर्दै एक चौका मात्रै हानेर आउट भए ।

उनीहरू आउट भएपछि अहिले क्रिजमा चौथो क्रमका मिलिन्दकुमार र ओपनर बेन चार्लेसवर्थ रहेका छन् । अहिले काठमाडौंले ४ ओभर खेल्दै २ विटेको क्षतिमा २२ रन बनाएको छ ।

यसअघि त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर बलिङ रोजेको थियो । कुशल मल्लको कप्तानीमा रहेको चितवन तीन खेलबाट चार अङ्क जोड्दै अङ्कतालिकाको तेस्रो स्थानमा छ । यो खेल जितेर चितवन ‘प्लेअफ’को आफ्नो बाटो फराकिलो बनाउन चाहन्छ । 

करण केसीको नेतृत्वमा रहेको काठमाडौंले भने चारमध्ये दुई खेलमा जीत निकालेको छ । यो खेल नजिते काठमाडौंलाई ‘प्लेअफ’ पुग्न कठिन हुने देखिन्छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १२ : ०४ बजे

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई