सुरूवातमै दुई विकेट गुमेपछि दबाबमा काठमाडौं « Khabarhub

सुरूवातमै दुई विकेट गुमेपछि दबाबमा काठमाडौं


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीको त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल ) क्रिकेटमा काठमाडौं गुर्खाजले सुरुमै दुई विकेट गुमाएको छ ।

काठमाडौंका तेस्रो क्रमका ब्याटर राशिद खान तेस्रो ओभरको पाँचौँ बलमा केबल ६ रन बनाएको अवस्थामा क्याच आउट हुन पुगे । उनी केबल एक छक्का हान्दै बाहिरिए ।

यसअघि चितवन राइनोजविरुद्ध पहिले ब्याटिङमा उत्रिएको काठमाडौंका ओपनर आकाश त्रिपाठी रन आउट भए । उनी ५ बलको सामना गर्दै एक चौका मात्रै हानेर आउट भए ।

उनीहरू आउट भएपछि अहिले क्रिजमा चौथो क्रमका मिलिन्दकुमार र ओपनर बेन चार्लेसवर्थ रहेका छन् । अहिले काठमाडौंले ४ ओभर खेल्दै २ विटेको क्षतिमा २२ रन बनाएको छ ।

यसअघि त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर बलिङ रोजेको थियो । कुशल मल्लको कप्तानीमा रहेको चितवन तीन खेलबाट चार अङ्क जोड्दै अङ्कतालिकाको तेस्रो स्थानमा छ । यो खेल जितेर चितवन ‘प्लेअफ’को आफ्नो बाटो फराकिलो बनाउन चाहन्छ । 

करण केसीको नेतृत्वमा रहेको काठमाडौंले भने चारमध्ये दुई खेलमा जीत निकालेको छ । यो खेल नजिते काठमाडौंलाई ‘प्लेअफ’ पुग्न कठिन हुने देखिन्छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १२ : ०४ बजे

होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशले तेल उत्पादन बढाउने

भियना- तेल उत्पादन गर्ने प्रमुख देशहरूको समूह ‘ओपेक प्लस’ मा

सुहाङको प्रस्ताव : सुकुम्वासीलाई राखिएको होल्डिङ सेन्टर अनुगमनमा तत्कालै जाऊँ

काठमाडौं- संघीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसद

संसदीय समितिमा विपक्षीले घेरे सरकारलाई, संसद् छलेर अध्यादेशको बाटोमा गएको आरोप

काठमाडौं- प्रतिपक्षी दलका सांसदहरुले संसद्लाई छलेर अध्यादेश ल्याइएको भन्दै आपत्ति

आशा जगाउने बजेट ल्याउछौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट ल्याउने बताएका

बागमतीका मुख्यमन्त्रीको घरमा पस्यो सम्पत्ति शुद्धीकरण विभाग

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घरमा सम्पत्ति शुद्धीकरण विभागले