महाधिवेशन प्रतिनिधि छनोटमै हुँदैछ ओली र पोखरेलको शक्ति परीक्षण, कोशीका अधिकांश जिल्लामा निर्वाचन « Khabarhub

महाधिवेशन प्रतिनिधि छनोटमै हुँदैछ ओली र पोखरेलको शक्ति परीक्षण, कोशीका अधिकांश जिल्लामा निर्वाचन


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको आशन्न एघारौँ महाधवेशनका लागि कोशी प्रदेशका अधिकांश जिल्लामा निर्वाचन हुने भएको छ।

सोलुखुम्बुबाहेक सबै जिल्लामा महाधिवेशन प्रतिनिधि छनोटका लागि निर्वाचनको विधि प्रयोग गर्न लागिएको हो ।

सोलुखुम्बुमा भने बिहीबार भएको छनोट प्रक्रियामा सबै महाधिवेशन प्रतिनिधिहरू सर्वसम्मत चयन भएका छन्।

खुला कोटामा बुद्धिकुमार राजभण्डारी र डुफकुमार बाँस्तोला महाधिवेशन प्रतिनिधि बनेका छन् । उत्पीडित कोटाबाट डीबी रानापाल प्रतिनिधि बनेका छन्।

महिला कोटामा कल्पना राई र मोहनकुमारी कार्की चयन भएका छन्। त्यसैगरी ४० वर्षमुनिका युवा कोटाबाट जगनाथ बास्तोला महाधिवेशन प्रतिनिधि भएका छन्।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा जिल्लास्तरमा तयारी तीव्र बनाएको छ । यही मंसिर १३ गते देशभरबाट महाधिवेशन प्रतिनिध चयन गर्ने तालिकाअनुसार कोशीका १४ वटै जिल्लामा एमाले कार्यकर्ता सक्रिय भएका छन् ।

कोशी प्रदेश अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गृहप्रदेश पनि हो । त्यहीकारण यहाँ यी दुई नेताबीच ठूलै तानातान हुने देखिएको छ।‌

दुई कार्यकाल कार्यकारीको व्यवस्था हटाएका ओली एमालेमा तेस्रो कार्यकाल अध्यक्ष हुने दाउमा छन् । उता भण्डारी आफ्नो संगठित सदस्या रोकिदिएपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अध्यक्षमा अघि सारेर उत्रिँदैछिन् ।

सोलुखुम्बुमा सर्वसम्मत प्रतिनिधि चयन भए पनि अन्य जिल्लामा प्रतिस्पर्धा नै हुने भएको छ । त्यसका लागि एमालेले शनिबार सबै १३ जिल्लामा निर्वाचन गराउने भएको छ ।

केन्द्रमा ओली र पोखरेलबीच भिडन्त तय भएको अवस्थामा कोशीमा प्रतिनिधि छनोटका लागि कडा प्रतिस्पर्धाको अवस्था आएको हो ।

कोशीको प्रदेश कमिटीले सबै जिल्लालाई सर्वसम्मत प्रतिनिधि चयन गर्न भने पनि त्यो सम्भव भए । त्यही प्रयासमा प्रदेश अध्यक्ष घनश्याम खतिवडा जुटे पनि उनको पहलले कुनै काम गरे ।

कोशीबाट मात्रै एमाले महाधिवेशनका लागि २ सय ४१ जना प्रतिनिधि छनोट हुनेछन्। एमाले प्रदेश अध्यक्ष खतिवडाका अनुसार २ सय २९ जना भूगोल, ७ जना जीफन्ट र ५ जना प्रदेश कमिटीदेखि जानेछन् ।

कोशीका मोरङ र झापामा ओली र भण्डारी समूहबीचको प्रतिस्पर्धा कडा मानिएको छ। मोरङमा भण्डारी पक्षको जिल्ला र महानगर कमिटीमा पनि पकड छ ।

मोरङ जिल्लामा अहिले भण्डारी पक्षीय अजम्बर राई अध्यक्ष छन् । त्यहाँ ४६ जना प्रतिनिधिका लागि १४५ जनाले उम्मेदवारी परेको छ ।

२१ जना खुला, १५ जना महिला, ३ जना दलित र ७ जना ४० वर्षमुनिका युवा कोटामा उम्मेवारी दर्ता भएको एमाले मोरङका उपाध्यक्ष सागर थापाले बताए ।

कोशीमा ओली र पोखरेलबीच बलियो प्रतिस्पर्धा हुन सक्छ । त्यहाँ अहिले पोखरेल पक्षमा रहेका सचिव योगेश भट्टराई र नेता विनोद ढकालले इतर समूहलाई हाँकेका छन् । उता ओलीको पक्षमा उपाध्यक्ष गुरु बराल तथा स्थायी कमिटी सदस्य शेरधन राई र हिक्मत कार्की जुटेका छन् ।

प्राप्त विवरणअनुसार जिल्ला जिल्लामा प्रतिनिधिमै अलग अलग प्यानल बनिरहेको छ । धनकुटामा अध्यक्ष ओलीनिकट मानिने राजेन्द्र राई इन्द्रमणि पराजुली दुवैका अलग समूह सक्रिय छन् । महाधिवेशनमा पराजुलीहरू पोखरेलतिर खुल्ने सम्भावना छ ।

अहिलेसम्मको दृश्य अनुसार कोशीमा संस्थापन कमजोर देखिन सक्छ । बढी प्रतिनिधि आउने मोरङमा ओली कमजोर हुन सक्छन् । इलाम, तेह्रथुम, धनकुटा र उदयपुरमा पनि पोखरेल पक्ष हाबी हुने दृश्य देखिँदैछ ।

यदि निर्वाचन भएमा गाउँ गाउँबाट संगठित सदस्यहरूलाई सदरमुकाम ल्याउनुपर्ने हुन सक्छ । निर्वाचन भएको हकमा महाधिवेशन प्रतिनिधि छनोटको चुनाव नै महंगो हुने अवस्था छ । प्रतिनिधि छनोटको दृश्यले पनि एमालेमा ओली र पोखरेलको भविष्यको दृश्य देखाउने छ।

कुटाकुट

महाधिवेशन प्रतिनिधिको विवादमै सुनसरीको धरानमा तयारी बैठकस्थलमै दुई गुटबीच कुटाकुट भएको छ। नगर पार्टी कार्यालयमा भएको छलफलको बीचमै विवाद चर्किँदा ईश्वर पोखरेल समूहका अनिल राजधामी बिहीबार कुटिएका हुन्।

बिहीबार दिउँसो युवा प्रतिनिधि छनोट प्रक्रियालाई लिएर आन्तरिक सहमति गर्ने कि निर्वाचनमा जाने भन्ने विषयमा छलफल सुरु भएको थियो । त्यही विषयमा उठेको मतभेद झडपमा बदलिएको सहभागीहरूले बताएका छन्।

प्रत्यक्षदर्शीका अनुसार विवाद बढ्दै गएपछि राजधामीलाई पार्टी कार्यालयबाट नेपाल बैंक छाता चोकतर्फ तानेर कुटिएको थियो । राजधामीले युवा प्रतिनिधिका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका थिए । उम्मेदवारी फिर्ता गर्न नमानेपछि संस्थापन पक्षले उनीमाथि कुटपिट गरेको बताइएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १२ : ५१ बजे

साताको शेयर : पाँचै दिन बढ्यो नेप्से, सबैभन्दा कम कारोबार मंगलबार

काठमाडौं– धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक लगातार

उज्यालो नेपाल पार्टीको नेताका रुपमा सार्वजनिक हुँदै कुलमान, मंसिर १७ गते घोषणा सभा

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले खोलेको उज्यालो नेपाल पार्टीले मंसिर १७

काठमाडौंले लियो चितवनको लगालग तेस्रो विकेट 

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

काठमाडौंले लियो चितवनका दुवै ओपनरको विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो

देशकै उत्कृष्ट अस्पताल बन्यो भरतपुर अस्पताल 

काठमाडौं– संघीय अस्पतालको रुपमा रहेको चितवनस्थित भरतपुर अस्पताल उत्कृष्ट सेवा