जोन सिम्पसनको अर्धशतकमा काठमाडौंले चितवनलाई दियो १४३ रनको लक्ष्य « Khabarhub

जोन सिम्पसनको अर्धशतकमा काठमाडौंले चितवनलाई दियो १४३ रनको लक्ष्य


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले १९ ओभरको ४ मा सबै विकेट गुमाएर १४२ रन बनायो ।

काठमाडौंले चार ओभरको तेस्रो बलमा पुग्दा ३ विकेट गुमाएको थियो । ओपनर आकाश त्रिपाठी ४, ब्याटर रसिद खान ६ र अर्का ओपनर बेन बेन चार्ल्सवर्थ १३ रन बनाएर सस्तैमा आउट भए ।

यी तीन महत्त्वपूर्ण विकेट गुम्दा काठमाडौंले मात्रै २४ रन जोडेको थियो ।

चौथो विकेटका लागि जोन सिम्पसन र मिलिन्द कुमारले ९८ रनको बलियो साझेदारी गरे । काठमाडौंलाई चितवनको चौथो विकेट लिन ११ ओभर ४ बलको लामो संघर्ष गर्नुपर्‍यो ।

चौथो विकेटका रुपमा मिलिन्द ४३ बलमा ३८ रन जोडेर आउट भए । उनले ५ चौका हाने । उनी चौथो विकेटरुपमा १५ ओभरको अन्तिमा बलमा आउट भएका हुन् ।

अर्धशतकसमेत प्रहार गरेका काठमाडौंका जोन सिम्पसन ३९ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ६० रन जोडेर आउट भए ।

जोन र मिलिन्दको उत्कृष्ट साझेदारीले काठमाडौं बलियो लक्ष्य प्रस्तुत गर्न सफल भएको हो ।

बलिङतर्फ चितवनका सोहिल तानवीरले ४ विकेट लिए । उनले काठमाडौंका ओपनर बेन र गेरहार्ड इरास्मसको महत्वपूर्ण विकेट लिए ।

१७ ओभरको दौरान तानवीरले तीन विकेट लिएका थिए । त्यस ओभरको पहिलो बलमा काठमाडौंका गेरहार्ड डक आउट भए । चौथो बलमा मोहम्मद आदिल आलम र अन्तिम बलमा सन्तोष यादव आउट भएका हुन् ।

१ विकेट लिएका रवि बोपाराले काठमाडौंको दोस्रो सर्वाधिक रनकर्ता मिलिन्दको विकेट लिए । मिलिन्द र जोनको बलियो साझेदारी भंग गर्ने उनी नै हुन् ।

रञ्जित कुमारले रसिद खानको महत्त्वपूर्ण सहित २ विकेट लिए । कमल ऐरीको नाममा पनि २ विकेट पर्‍यो ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १ : २७ बजे

होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशले तेल उत्पादन बढाउने

भियना- तेल उत्पादन गर्ने प्रमुख देशहरूको समूह ‘ओपेक प्लस’ मा

सुहाङको प्रस्ताव : सुकुम्वासीलाई राखिएको होल्डिङ सेन्टर अनुगमनमा तत्कालै जाऊँ

काठमाडौं- संघीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसद

संसदीय समितिमा विपक्षीले घेरे सरकारलाई, संसद् छलेर अध्यादेशको बाटोमा गएको आरोप

काठमाडौं- प्रतिपक्षी दलका सांसदहरुले संसद्लाई छलेर अध्यादेश ल्याइएको भन्दै आपत्ति

आशा जगाउने बजेट ल्याउछौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट ल्याउने बताएका

बागमतीका मुख्यमन्त्रीको घरमा पस्यो सम्पत्ति शुद्धीकरण विभाग

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घरमा सम्पत्ति शुद्धीकरण विभागले