बेतबाँसका सामग्री बेचेर मासिक ७० हजार आम्दानी गर्दै बाधुराम « Khabarhub

बेतबाँसका सामग्री बेचेर मासिक ७० हजार आम्दानी गर्दै बाधुराम


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कैलाली– धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीका बाधुराम चौधरीले व्यावसायिक रूपमा बेतबाँसका सामग्री बेचेर मासिक ७० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् । लामो समयदेखि उनले आफ्नो हस्तकला सीप प्रयोग गरी बेतका विभिन्न सामग्री निर्माण गरी बिक्री गर्दै आएका हुन् । 

चौधरीले आफ्नो उद्योगबाट घरायसी प्रयोगमा आउने थरिथरिका सामग्री बनाएर बिक्री गर्दै आएका हुन् । उद्योग सञ्चालनमा उनलाई परिवारका सबै सदस्यले साथ दिएका छन् । 

बेतबाँसका विभिन्न सामग्री बिक्री गरेर बालबच्चाको लालनपालन, शिक्षादिक्षा र घरपरिवारको सम्पूर्ण खर्च धान्दै आएको चौधरीले बताए । 

‘श्रीमान् श्रीमती र छोराछोरी गरी घरमा पाँच जनाको जहान छ । छोराछोरीलाई बिहान स्कुल पढ्न पठाएर बुढाबुढी यही काममा खटिन्छौँ ।  परिवारको सम्पूर्ण खर्चको मुख्यस्रोत यही उद्योग हो, अन्य कुनै पनि घर खर्च चलाउने बाटो छैन’ उनले भने, ‘सोही व्यवसायले परिवारको पूरै खर्च धान्दै आएको र केही बचत पनि हुने गरेको छ ।’

सुरुमा व्यवसाय सुरु गर्दा आर्थिक स्थित एकदमै कमजोर थियो । घर खर्च र जीविकोपार्जनमा समस्या हुँदै आएकामा अहिले सोही व्यवसायबाट परिवारको सम्पूर्ण खर्चसँगै केही बचतसमेत हुन थालेको चौधरीले बताए । 

सुरुका दिनमा बेतबाट निर्मित सामग्रीले बजार पाउन कठिन भए पनि अहिले यसको माग बढ्दै गएको छ । ‘अहिले बजार पनि पाउन थालेकाले बिक्री प्रशस्त हुन्छ’, उनले भने, ‘अहिले ग्राहकको माग अनुसार सामग्री पुर्‍याउन सकिरहेका छैनौँ ।’

व्यवसायी चौधरीले बेतबाट हेङुगर, फूलदानी, पिर्का, झुला, चुरा राख्ने हेङ्गरलगायत विभिन्न सामग्री बनाएर बिक्री गर्दै आएका छन् ।

हेङुगर एक हजार ६००रुपैयाँ, फूलदानी ४५०, कुर्ची तीन हजार, बस्ने पिर्का ३५० देखी ४०० रुपैयाँ, झूला दुई हजार ५०० रुपैयाँमा बिक्री गर्दै आएको उनले जानकारी दिए । 

मासिक रूपमा रु ७० हजार बराबरको कारोबार हुने जनाउँदै चौधरीले करिब ४० प्रतिशतसम्म फाइदा हुने बताए । विदेश नगएर थोरै भए पनि आफ्नै गाउँठाउँमा काम गरेर आर्थिकोपार्जन गर्नुपर्दछ भन्ने सोचले सो व्यवसायमा आबद्ध भएको भनाइ छ । रासस

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  २ : २६ बजे

‘पल्सर आरपीएम’ कार्यक्रम शनिबार टोकामा

काठमाडौं– नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी

प्रदर्शनको २१ दिनमा पनि ‘लालीबजार’को उच्च अकुपेन्सी

काठमाडौं – नायिका स्वतस्तिमा खड्का शीर्ष भूमिकामा रहेको फिल्म ‘लालीबजार’ले

आशीर्वाद र अश्विनी फिचर्ड गीत ‘नौ डाँडा काटेर’ सार्वजनिक

काठमाडौं – म्युजिकल सर्ट फिल्म ‘तिमी-एक रहस्य’मा समावेश गीत ‘नौ

बागमती प्रदेशले माग्यो २४८ जना विद्यालय नर्स

काठमाडौं– बागमती प्रदेशले २४८ जना विद्यालय नर्सका लागि आवेदन माग

कोलकातामा ठड्याइएको मेस्सीको ७० फिट अग्लो मूर्ति हटाइँदै

कोलकाता- भारतको पश्चिमबंगाल राज्यस्थित कोलकातामा निर्माण गरिएको लियोनेल मेस्सीको ७०