काठमाडाैं- नेकपा (एमाले) को मंसिर २७ देखि हुने एघारौँ महाधिवेशनका लागि प्रकाश पौडेल म्याग्दीबाट निर्विरोध प्रतिनिधि बनेका छन् ।
अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा झिनो मतले पराजित पौडेल एमालेको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत भएका हुन् ।
म्याग्दी जिल्लाबाट पौडेल ४० वर्षमुनिको युवा क्लस्टरमा सर्वसम्मत भएका हुन्। यससँगै उनलाई अब एमाले केन्द्रीय सदस्य पदमा उठ्ने बाटो खुलेको छ ।
पौडेल अनेरास्ववियुको नेतासँगै सामाजिक अभियन्ताका रुपमा पनि परिचित छन् । पछिल्लो समय उनी एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा छन् ।













प्रतिक्रिया