गुन्डू भन्छ : सात पदाधिकारी ओलीतिर खुले, नेताहरू भन्छन् : त्यस्तो कुरा भएको छैन « Khabarhub

गुन्डू भन्छ : सात पदाधिकारी ओलीतिर खुले, नेताहरू भन्छन् : त्यस्तो कुरा भएको छैन


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष केपी शर्मा ओली र उनलाई चुनौती दिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच नेता तानातान सुरू भएको छ।

शुक्रबार अपराह्न नेता तानातानको त्यही दृश्य एकाएक भाइरल हुन पुग्यो । गुन्डूबाट बाहिरिएको सूचनामा एमालेका १८ मध्ये मध्यमार्गी धारमा रहेका सात पदाधिकारी ओलीतिर खुलेको सन्देश समेटिएको थियो ।

शुक्रबार काठमाडौंमा भएको छलफल र बैठकबाट ‘एमालेका ७ मध्यमार्गी पदाधिकारी ओलीको पक्षमा खुले’ भनेर आएका समाचारले थप अर्को विवाद जन्माएको छ। खुले भनिएकै केही नेताले गुन्डूको त्यो प्रयासलाई मिडिया ट्रायल पनि भनेका छन् ।

शुक्रबार काठमाडौंमा बसेको भनिएको बैठकले त्यो निर्णय गरेको भनिए पनि केही पदाधिकारीहरू उपत्यका बाहिरै रहेका छन् ।

बैठकमा भाग लिएका भनिएका ती सात पदाधिकारीहरूमध्ये सचिव रघुवीर महासेठ अहिले जनकपुरमा छन् । अर्की सचिव पद्मा अर्याल बिरामी भएर आराम गरिरहेको खुलेको छ।

त्यसैगरी अर्का सचिव लेखराज भट्ट कैलालीमा रहेको खुलेको छ । शनिबार महाधिवेशन प्रतिनिधि छनोट हुनुअघि गुन्डुले मिडिया ट्रायल गरेको भन्दै पोखरेल पक्षले आपत्ति जनाएको छ।

ती सातजना नेताले सामूहिक निर्णय गरेर अध्यक्ष ओलीतिर खुलेको समाचार बाहिरिएसँगै एमालेभित्रको कलहले नयाँ उचाइ लिएको छ ।

उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्याल ओलीको पक्षमा खुलेको समाचार आइरहेका सन्दर्भमा केहीले त्यो निर्णय नभएको बताएका छन् ।

जनकपुरमा रहेका सचिव महासेठले छलफल नै नभएको विषयमा सूचना प्रवाह गरिएकोमा आपत्ति जनाएका छन् । उनले अन्य पदाधिकारीहरूसँग यसबारे असन्तुष्टि प्रकट गरेका छन् ।

उता कैलालीको धनगढीस्थित निवासमा रहेका अर्का सचिव भट्टले आफूनिकट कार्यकर्ता र प्रतिनिधिहरूलाई टेलिफोन गरेर भ्रममा नपर्न भन्दै सचेत गराएका छन् ।

उता उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने आफू उपाध्यक्षमा उठ्ने गरी अध्यक्ष ओलीलाई नै साथ दिन तयार भएको बताएका छन् । उनले अहिलेको अवस्थामा ओ‌लीको विकल्प नरहेको बताएका छन् । तर उनले पनि शुक्रबार पदाधिकारीहरूबीच छलफल भएको कुरामा भने अनभिज्ञता प्रकट गरेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ६ : १० बजे

संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

नेपालमा होहल्ला, आरोप-प्रत्यारोप मामुली कुरो : बास्कोटा

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले केही दल र तिनका

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर

टाइगर कप भलिबल : पुरुषतर्फ उपाधिका लागि आज गण्डकी र पर्वत भिड्ने

पोखरा– छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व उल्लेख्य वृद्धि

रूपन्देही– आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२–०८३ को