रूसको निरन्तर आक्रमणले किएभमा संकट गहिरिँदै « Khabarhub

रूसको निरन्तर आक्रमणले किएभमा संकट गहिरिँदै


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

किएभ– रूसले शनिबार बिहान युक्रेनको राजधानी किएभमा गरेको हवाई आक्रमणमा सात जना घाइते भएका छन् ।

मध्यरातपछि शहरभर ठूलो विस्फोटको आवाज सुनिएपछि हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको थियो । किएभको सैनिक प्रशासनका प्रमुख तिमुर तकाचेन्कोले भने,’विपक्षीका उड्ने यन्त्रहरू राजधानी वरपर देखिएका छन् र हवाई प्रतिरक्षा दलले तिनको विरुद्ध सक्रिय रूपमा प्रतिक्रिया जनाइरहेका छन् ।’

किएभका मेयर विताली क्लिच्कोले आक्रमणका क्रममा सबै नागरिकलाई सुरक्षित स्थानमै बस्न अनुरोध गरेका। उनका अनुसार राजधानीमा सात जना घाइते भएका छन्, जसमा चार जनालाई उपचारका लागि अस्पताल लगिएको छ । घाइतेमध्ये १३ वर्षे एक बालक पनि रहेको उनले जानकारी दिए ।

आक्रमणका कारण शहरका केही आवासीय क्षेत्रमा रहेका घर र सवारीसाधनमा क्षति पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

यही साताभर रातको समयमा भएका यस्तै प्रहारका कारण किएभका विभिन्न बस्ती क्षेत्रमा आगलागी भएको थियो । ती घटनामा सात जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।
 

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ३ : १३ बजे

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को सचिवालय बैठक बस्ने

प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षित हुन्छन् : प्रहरी महानिरीक्षक कार्की

बागलुङ– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाइमा

रसुवाबाट १३ घाइतेको उद्धार, उपचारका लागि काठमाडौं ल्याइयो (नामावलीसहित)

काठमाडौं– रसुवाबाट १३ घाइतेको उद्धार भएको छ । उनीहरुलाई उपचारका लागि

भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी आसपास उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढी नारायणी नदी हुँदै देवघाट