डेढ महिने उल्झनपछि कांग्रेसको निर्णय : पन्ध्रौँ महाधिवेशन पुस २६ गतेदेखि « Khabarhub

डेढ महिने उल्झनपछि कांग्रेसको निर्णय : पन्ध्रौँ महाधिवेशन पुस २६ गतेदेखि


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने भएको छ।

करिब डेढ महिनाको रस्साकस्सीपछि सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् ।

१५औं महाधिवेशन र विशेष महाधिवेशनको विवादबीच केन्द्रीय कार्यसमिति बैठक ४० दिनभन्दा बढी चलेर पनि कांग्रेस अनिर्णयको बन्दि भएको थियो ।

तर लामो छलफलपछि संस्थापन पक्षले पुस मसान्तभित्रै महाधिवेशन गर्ने गरी सोमबार तालिका पेश गरेको थियो । महाधिवेशनको उक्त कार्यतालिकालाई सोमबारको बैठकले सर्वसम्मत पारित गरेको महतले बताएका छन् ।

महतले महाधिवेशनका लागि क्रियाशील सदस्यको प्रारम्भिक छानबिन समितिले गरेको निर्णयउपर परेको निवेदन केन्द्रीय कार्यसमिति समितिमार्फत् छानबिन समितिमा जाने बताएका छन् ।

नयाँ सदस्यता र नवीकरणसम्बन्धी परेका निवेदन उपर परेका उजुरीको छानबिन गरी केन्द्रीय कार्यसमितिमा बुझाउने मिति पुस १४ गतेलाई तोकिएको उनले बताए।

नयाँ र क्रियाशील सदस्यता वितरण गर्दा समावेशिताको ख्याल गरिने उनले बताए । पार्टी प्रवेश गरेकाहरूलाई पनि क्रियाशील सदस्यता दिएर मात्रै महाधिवेशनमा जाने बताए ।

उनले वर्तमान कार्यसमितिको म्याद मंसिर २३ गतेसम्म रहेकाले त्यसको म्यादलाई माघसम्म थपिएको पनि जानकारी दिए । पुसमा महाधिवेशन भए पनि एक महिनाको ग्रेस राखेर म्याद थपिएको उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ३ : ३१ बजे

बकर इद मनाइँदै : आज सार्वजनिक बिदा

काठमाडौँ – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – २०८३ साल १३ गते बिहीबार अधिक जेठ शुक्ल

आज २०८३ साल जेठ १४ गते बिहीबारको राशिफल

काठमाडौं – २०८३ साल १३ गते बिहीबार अधिक जेठ शुक्ल

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा