लैङ्गिक हिंसा र विद्युतीय अपराध नियन्त्रणका लागि अभियान सुरु « Khabarhub

लैङ्गिक हिंसा र विद्युतीय अपराध नियन्त्रणका लागि अभियान सुरु


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले लैङ्गिक हिंसा र विद्युतीय अपराध (साइबर क्राइम) सम्बन्धी सचेतना फैलाउने अभियान सुरु गरेको छ । गाउँपालिकाभित्रका छ वटा माध्यमिक विद्यालयलाई लक्षित गरी यो अभियान सञ्चालन गरिएको हो ।

‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ अभियान सुरु गरिएको पौवादुङमा गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमार्फत गाउँपालिकामा सचेतनाका कार्यक्रम सुरु भएको उनको भनाइ छ ।

विद्यालयस्तरमा सचेतना अभिवृद्धि गराउने उद्देश्यले यहाँका सबै माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दइिन् । ‘हामीले माध्यमिक विद्यालयका विद्यार्थीलाई लक्षित गरेर लैङ्गिक हिंसा तथा विद्युतीय अपराधबारे जानकारी दिइरहेका छौँ’, उपाध्यक्ष राईले भनिन्, ‘अभियानमार्फत कुनै पनि किसिमको हिंसालाई रोकथाम गर्ने र विद्यार्थीलाई सुरक्षित बनाउनेतर्फ सहयोग पुग्ने अपेक्षा राखिएको छ ।’

अभियानमार्फत विद्यार्थीलाई लैङ्गिक हिंसाका रूप र प्रभाव, विद्यालय तथा समुदायमा देखिने सुक्ष्म हिंसाका अवस्था, अनलाइन ठगी, ॅफेकआइडी’ र ॅब्ल्याकमेलिङ’लगायत विद्युतीय अपराधका जोखिम, सामाजिक सञ्जालको सुरक्षित प्रयोग र कानुनी व्यवस्थालगायत विषयमा जानकारी दिने काम भइरहेको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दि{ए ।

स्थानीय सबै विद्यालयमा चरणबद्ध रूपमा अभियान सञ्चालन भइरहेकाले विद्यार्थीस्तरमै सचेतनाको दायरा बढ्ने र भविष्यमा हुने सम्भावित हिंसात्मक घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले विश्वास व्यक्त गरे ।

विद्यार्थीका माध्यमबाट सबै परिवारसम्म विभिन्न किसिमका हिंसासम्बन्धी सचेतना पुगोस् भन्ने लक्ष्यले अभियानका रूपमा कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ । (रासस)

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ७ : २१ बजे

ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आएन

बागलुङ– बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको

वृद्धमाथि अभद्र व्यवहार गर्ने पक्राउ परेपछि गृहमन्त्रीले भेटेर भने– ‘म निदाउनै सकिनँ’

ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत

आज २०८२ साल चैत १८ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत