लुम्बिनी र रामग्राममा ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने « Khabarhub

लुम्बिनी र रामग्राममा ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने भएको छ । 

द प्रमिस्ड ल्यान्ड फाउन्डेसनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘समृद्ध भविष्यका लागि शान्ति’को नारासहित यही मङ्सिर २५ देखि २७ गतेसम्म लुम्बिनी र रामग्राममा विश्व शान्ति कार्यक्रम आयोजना गरिएको जनाएको हो ।

विश्व शान्ति कार्यक्रममा नेपालसहित संयुक्त राष्ट्र सङ्घका सांस्कृतिक राजदूत, अन्तरराष्ट्रिय व्यापारिक नेता, विद्वान, कलाकार, युवा र सामुदायिक प्रतिनिधिसहित १० हजारभन्दा बढीको सहभागिता रहने द प्रमिस्ड ल्यान्ड फाउन्डेसनका अध्यक्ष निकेश अधिकारीले जानकारी दिए ।

कार्यक्रममा शान्ति, जलवायु, विकास, आन्तरिक कल्याण र सामाजिक न्यायमाथि संवाद, व्यावहारिक शान्ति निर्माण लगायतका विषयमा छलफल हुने उनले बताए ।

लुम्बिनी र रामग्राममा अधिकतम पर्यटक भित्राउने र लुम्बिनीबाट विश्वमाझ शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको उनले बताए । 

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  २ : ०८ बजे

नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ कर्मचारी भर्ना खुला

काठमाडौं– सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्ष पछि नयाँ भर्ना

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका

यूजीसीका नयाँ नियममाथि सर्वोच्च अदालतको रोक

काठमाडौं– भारतको सर्वोच्च अदालतले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले उच्च