नवलपुरमा धान उत्पादन बढ्यो « Khabarhub

नवलपुरमा धान उत्पादन बढ्यो


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरमा धान उत्पादनमा वृद्धि भएको छ । 

कृषि विकास कार्यालयका कृषि अर्थ विज्ञ सञ्जय ढकालका अनुसार यस वर्ष जिल्लामा ७८ हजार ५०६ मेट्रिक टन धान उत्पादन भएको छ । गत आर्थिक वर्षमा नवलपुरमा ७१ हजार १२१ मेट्रिकटन धान उत्पादन भएको थियो । 

यस वर्ष  सात हजार ३८५ मेट्रिकटन धान उत्पादन वृद्धि भएको कृषि अर्थ विज्ञ ढकालले बताए।

नवलपुरमा यस वर्ष १८ हजार ६९२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । गत आर्थिक वर्ष २०८१-८२ मा १८ हजार ७१६ हेक्टर क्षेत्रफलमा धान खेती भएको भए पनि असोजको बाढीका कारण डुबान, प्रतिकुल मौसमका कारण सावा मन्सुली धानमा बाला नलाग्ने समस्या देखिँदा उत्पादन कम भएको थियो । 

यसवर्ष आकाशे पानीको भरमा सिँचाइ गरिने ठाउँमा रोपाइँको क्षेत्रफल घटेको भए पनि उत्पादकत्व बढी भएकाले उत्पादन ढकालको भनाइ छ । 

गत वर्ष धानको उत्पादकत्व ३ दशमलब ८ मेट्रिक टन प्रति हेक्टर  भएकोमा यसवर्ष उत्पादकत्व बढेर ४ दशमलब २ मेट्रिक टन प्रति हेक्टर पुगेको छ । 

नवलपुरमा सावित्री, सावा मन्सुली, हर्दिनाथ, राम धान, हाइब्रिड तथा स्थानीय जातका धान लगाउने गरिन्छ । जिल्लामा बर्खे धानसँगै करिब एक हजार २१० हेक्टर क्षेत्रफलमा चैते धानखेतीसमेत हुँदै आएको छ । 

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  २ : १६ बजे

नेपालीलाई दूतावासको चेतावनी- ट्रम्प नीतिमा सचेत नभए भिसा र ग्रिनकार्ड रद्ध हुन्छ

काठमाडौं – अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको

उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा

सहिदका सपना पूरा गर्न उनीहरूले देखाएको बाटोमा हिँडौँ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने

आजबाट ‘द ब्लू लाइट’ र ‘आबाट आमा’ हलमा, अघिल्लो साताको ‘परिवर्तन’ ले गर्न सकेन कमाल

काठमाडौं– शुक्रबारबाट दुई नेपाली फिल्महरू ‘द ब्लू लाइट’ र ‘आबाट

मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक, खाद्य वस्तुको मूल्यमा उतारचढाव

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत पुस महिनाको