एक सातामा ५६ जनामा डेंगुको संक्रमण, संक्रमितको संख्या ८ हजार नाघ्यो  « Khabarhub

एक सातामा ५६ जनामा डेंगुको संक्रमण, संक्रमितको संख्या ८ हजार नाघ्यो 


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा देशभर ५६ जनामा डेंगुको संक्रमण देखिएको छ । योसँगै नेपालमा डेंगु संक्रमितको संख्या ८ हजार १ सय ९ पुगेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीका अनुसार बिगत २४ घण्टामा ६ जना नयाँ संक्रमित थपिएका छन् भने गत पुषदेखि हालसम्म ६ जनाको मृत्यु भएको छ । 

सबैभन्दा धेरै संक्रमित रहेको बागमती प्रदेशमा संक्रमितको संख्या २ हजार १ सय ४ पुगेको छ भने पछिल्लो एक सातामा पनि सबैभन्दा धेरै १८ जना नयाँ बिरामी थपिएका इडिसिडीले जनाएको छ । 

त्यस्तै गण्डकी प्रदेशमा संत्र,मितको संख्या २ हजार ६२ पुगेको छ भने लुम्बिनीमा १ हजार ३ सय २७, कोशीमा १ हजार २७, सुदूरपश्चिममा ८ सय ५९, कर्णालीमा ५ सय २६ र मधेश प्रदेशमा २ सय ४ जनामा संक्रमण देखिएको इडिसिडीको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ३ : ४४ बजे

पहिलो हाफ: मेसीको गोलमा अर्जेन्टिनाको अग्रता

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

कालीकोटमा भेटियो रेडपान्डा

कालीकोट– कालीकोटका तीन वटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर