काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सका आडम रोसिङ्टनले शतक प्रहार गरेका छन् ।
एनपीएल अन्तर्गतको २१ औं खेलमा उनले १८ ओभर ६ बलमा कर्णाली याक्सका नन्दन यादवलाई चौका प्रहार गर्दै शतक पूरा गरे । यस क्रममा उनले ११ चौका र ६ छक्का प्रहार गरे ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अहिले टस हारेर पोखराले पहिले ब्याटिङ गरिरहेको छ ।
यो जारी सिजनको दोस्रो अर्धशतक हो । सिजनको पहिलो शतक कर्णाली याक्सका ओपनर मार्क वाटले हानेका थिए ।
सिजनको सातौं खेलमा वाटले लुम्बिनी लायन्सविरुद्ध जवाफी ब्याटिङका क्रममा शतक पूरा गरेका हुन् ।













प्रतिक्रिया