पर्सामा कारबाट बरामद भयो एक क्वीन्टल बढी गाँजा, दुई जना पक्राउ « Khabarhub

पर्सामा कारबाट बरामद भयो एक क्वीन्टल बढी गाँजा, दुई जना पक्राउ


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साले १०४ केजीभन्दा बढी गाँजा बरामद गरेको छ।

पर्साको पटेर्वासुगौली गाउँपालिका–२, रंगपुरमा लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा गएको प्रहरी टोलीले बुधबार दिउँसो चेकजाँचका क्रममा मनवाबाट रंगपुरतर्फ जाँदै गरेको बीएबी ९३९८ नम्बरको कार रोकेको थियो।

कारको खानतलासी गर्दा प्लास्टिकका १० पोकामा लुकाएको १०४ किलो ३२५ ग्राम गाँजा फेला परेको पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकले बताएका छन् ।

प्रहरीले कारसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी–८ का ३२ वर्षीय भीम स्याङ्तान र मकवानपुरगढी–१ आपटारका ३८ वर्षीय कुमार स्याङ्तान छन्।

दुवैवामलाई आवश्यक अनुसन्धानका लागि पर्सा प्रहरीले नियन्त्रणमा राखेको छ। प्रहरीका अनुसार उनीहरूविरुद्ध लागु औषधसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको पाठकले बताएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १० : ४८ बजे

फ्रान्सेली क्रान्ति र सिङ्गापुरको विकास मोडल उत्तम मार्गचित्र

नेपाल आज फेरि एकपटक महत्त्वपूर्ण मोडमा उभिएको छ। हालै सम्पन्न

अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई

तनहुँ– शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल : बोस्नियासँग पराजित हुँदा बाहिरियो

काठमाडौँ – विश्व फुटबलको महाशक्ति मानिने चार पटकको च्याम्पियन इटालीको

राजस्व बाँडफाँटबारे वित्त आयोग र शिवपुरी गाउँपालिकाबीच छलफल

नुवाकोट– संवैधानिक रूपमा सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँटको

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती – चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक