टोखा नगरपालिकामा विकास निर्माणले गति लिँदै « Khabarhub

टोखा नगरपालिकामा विकास निर्माणले गति लिँदै


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको टोखा नगरपालिकाले आफ्नो १२औँ स्थापना दिवस आयोजना गरी यसबीचमा भएका विकास निर्माण र सामाजिक काम उत्साहजनक रहेको जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आफ्नो पहिलोदेखि दोस्रो कार्यकालसम्ममा विकास निर्माण, स्वास्थ्य, शिक्षा आदि क्षेत्रमा थालिएका पहलले सकारात्मक परिणाम हासिल गरेको बताए । 

पहिलो पटक २०७४ सालमा आफू निर्वाचित हुनुअघि टोखाका हरेक सडक हिलाम्मे हुने गरेको उल्लेख गर्दै उनले हाल वडा नम्बर १ देखि ११ सम्म सडक स्तरोन्नति गरिएको बताए ।

नगरप्रमुख अधिकारीले नगरपालिकाले सामुदायिक विद्यालयको अवस्था सुधार गरी विद्यार्थी र अभिभावकको आकर्षण बढाइएको बताए । 

कक्षा १० सम्मका विद्यार्थीका लागि नै दिवा खाजा खुवाउने गरिएको उनले बताए । प्रमुख अधिकारीका अनुसार स्वमूल्यायाङ्कनमा काठमाडौँ जिल्लाका पालिकामध्ये टोखा दोस्रो स्थानमा पर्न सफल भएको छ ।

सडक बत्तीको समस्या समाधान गर्दै अब घरघरमा डिजिटल बोर्ड जडान गरिने उनले बताए । पालिकाले ५० वर्ष उमेरमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गराउने र जटिल रोगीलाई सहयोग गर्ने गरेको छ । शिशु  जन्मिनासाथ पाँच हजार रुपैयाँ रकम दिने नीति अवलम्बन गरिएको प्रमुख अधिकारीले बताए । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले विगतको तुलनामा धेरै सकारात्मक परिवर्तन भएको उल्लेख गर्दै समुन्नत टोखा नगरको अवधारणाअनुसार काम भइरहेको जानकारी दिए । 

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  १२ : ३२ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला