नौबीसे–नागढुंगा सुरुङमार्गको शिलान्यास आज हुँदै, ४२ महिनाभित्र बनिसक्ने « Khabarhub

नौबीसे–नागढुंगा सुरुङमार्गको शिलान्यास आज हुँदै, ४२ महिनाभित्र बनिसक्ने


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको नौबीसे–नागढुंगा सुरुङमार्गको शिलान्यास आज हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे सुरुङमार्ग शिलान्यास गर्ने कार्यक्रम छ ।

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख श्यामप्रसाद खरेलका अनुसार यो सुरुङमार्गको पूर्वतर्फको मुख्यद्वार (पोर्टल)मा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नेछन् ।

शिलान्यास कार्यक्रममा नेपालका लागि जापानी राजदूत, जाइकाका उच्च प्रतिनिधि, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू लगायतको सहभागिता रहनेछ ।

यो सुरुङमार्ग निर्माणका लागि असोज ६ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखा र निर्माणको जिम्मा पाएको हाज्मा एन्डो कर्पोरेसनबीच निर्माण सम्झौता भएको थियो।

महाशाखाका प्रमुख अर्जुनजङ्ग थापा र हाज्मा एन्डो कर्पोरेसनका व्यापार प्रवद्र्धन विभाग, अन्तर्राष्ट्रिय महाशाखाका महाप्रबन्धक कियोसी हिरोसेकबीच सम्झौता भएको थियो।

दुईवटा फ्लाई ओभरसहित निर्माण हुन लागेको सो सुरुङमार्ग अबको ४२ महिनाभित्र सम्पन्न हुनेछ। करसहित करिब १५ अर्ब २५ करोड रुपियाँको लागतमा निर्माण हुन लागेको सुरुङमार्गको निर्माण सम्झौता करबाहेक साढे १३ अर्ब रुपियाँमा भएको हो।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ८ : २१ बजे

बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

महोत्तरी– बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा !

काठमाडौं – व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ– सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव

रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी