विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह « Khabarhub

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग आवश्यक पहल गरिदिन आग्रह गरेका छन्।

विराटनगरजस्तो औद्योगिक केन्द्रमा व्यवस्थित प्रदर्शनी स्थल नहुँदा उद्योग तथा व्यवसाय प्रवर्द्धनसम्बन्धी कार्यक्रम नियमित रूपमा सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै उनीहरूले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा प्रदर्शनी स्थल निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्।

मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेसँगको भेटमा उद्योगीहरूले सत्यनारायण मन्दिर व्यवस्थापन समितिले उद्योग संगठन मोरङलाई ९९ वर्षका लागि लिजमा उपलब्ध गराएको करिब दुई बिघा जग्गामा प्रदर्शनी स्थल निर्माण गर्न सकिने बताएका थिए।

नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्धडाले उक्त परियोजना अघि बढाउन प्रधानमन्त्रीसँग समेत आवश्यक पहल गरिदिन सांसद न्यौपानेलाई आग्रह गरिएको जानकारी दिए।

शनिबार सांसद न्यौपानेसहित नेपाल उद्योग परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष मुन्धडा, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी तथा मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साहलगायतले प्रस्तावित जग्गाको स्थलगत अनुगमन गरेका थिए।

यसैबीच उद्योगी व्यवसायीहरूले सुनसरीको अमडुवास्थित मोरङ सुगर मिलको करिब ६ सय बिघा जग्गामा औद्योगिक ग्राम निर्माणका लागि पनि सरकारसँग आवश्यक पहल गरिदिन सांसद न्यौपानेलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ६ : ०३ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट