डेब्यू खेलमा चलेन डुप्लेसीको ब्याटिङ, लुम्बिनीले लियो विराटनगरको दोस्रो विकेट « Khabarhub

डेब्यू खेलमा चलेन डुप्लेसीको ब्याटिङ, लुम्बिनीले लियो विराटनगरको दोस्रो विकेट


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङमा उत्रिएको विराटनगर किङ्सका हेभीवेट ब्याटर रुपमा हेरिएका ओपनर फाफ डुप्लेसी सस्तैमा आउट भएका छन् । 

२ ओभरका अन्तिम बलममा डुप्लेसी दोस्रो विकेटका रुपमा आउट भएपछि विराटनगरलाई दोहोरो धक्का लागेको छ ।

उनले ९ बल सामना गर्दा २ चौका हान्दै १२ रन जोडे । 

डुप्लेसी लुम्बिनीका अभिषेक गौतमको बलमा विकेट किप्पर डीआर्सी सर्टमार्फत् स्टम्पिङको शिकार भएका हुन् । 

यो उनको डेब्यू खेल हो । यही सिजनबाट उनी एनपीएलमा अनुबन्ध भएका हुन् । 

फाप दक्षिण अफ्रिकाका मध्यक्रममा ब्याटर हुन् । उनीसँग साउथ अफ्रिकाको तीन फम्र्याटको टोलीलाई कप्तानी गरेको अनुभव छ । उनी विश्व चर्चित ब्याटर र फिल्डर हुन् । उनले आईपीएल टिम रोलय च्यालेन्जर्स बेंग्लुरुको कप्तानीसमेत (सन् २०२२–०२४) गरेका थिए ।

विश्व चर्चित खेलाडी फाफलाई एनपीएलकै ठूलो नामका रुपमा हेरिएको छ ।

विराटनगरका पहिलो विकेटका रुपमा अर्का ओपनर जर्ज मुन्से आउट भएका हुन् । उनलाई शेर मल्लले बोल्ट गरेका हुन् । पहिलो ओभरको दोस्रो बलमै उनी पवेलियन फर्किएका हुन् । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेको हो ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ४ : २१ बजे

प्रेसविरोधी कार्य सैह्य छैन: पत्रकार महासंघ

काठमाडाैँ – प्रकाशित समाचारलाई लिएर पत्रकार धम्क्याउने व्यक्तिलाई कानुनी कारबाही

बाढीपहिरोको जोखिम बढेपछि कान्ति राजमार्गमा दुईदिन रात्रिकालीन सवारी आवागमन बन्द

हेटौँडा– अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौँ

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचबिखन गर्न आग्रह

बाँके– नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचबिखन गर्न

मिडिया हाउसमाथि हस्तक्षेपको शैलीले सुशासनको खिल्ली उडाएको जेनजी अभियन्ता बमको आरोप

काठमाडाैँ – जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते

रौतहट– फतुवा विजयपुर नगरपालिका–११ स्थित दुधिअवा–बालचनपुर सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकापसमा