मधेशमा नयाँ सरकार गठनको आह्वान, शुक्रबारसम्म दाबी पेश गर्नुपर्ने  « Khabarhub

मधेशमा नयाँ सरकार गठनको आह्वान, शुक्रबारसम्म दाबी पेश गर्नुपर्ने 


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको आह्वान गरिएको छ ।

बुधबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६९(१)(क) बमोजिम दिएको राजीनामा मंसिर १७ गते स्वीकृत गरिएको जनाएको छ। राजीनामा स्वीकृत भएपछि संविधानको धारा १६८(२) अनुसार नयाँ मुख्यमन्त्री चयन प्रक्रिया सुरु भएको छ।

प्रदेश सभामा बहुमत जुटाउन सक्ने सदस्यले दुई वा दुईभन्दा बढी दलको समर्थनसहित मंसिर १९ गते शुक्रबार साँझ ५ बजेसम्म दाबी पेश गर्नुपर्नेछ। 

कार्यालयका अनुसार सो समयभित्र वैध दाबी नआएपछि संविधानअनुसारको अर्को प्रक्रिया अघि बढाइने छ।
 

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ५ : २७ बजे

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान

विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो, १८८ दरखास्त स्वीकृत

काठमाडौं । विभिन्न विश्वविद्यालयमा उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढेको छ

उत्तरी गोरखाबाट गम्भीर अवस्थाकी सुत्केरीको हेलीबाट उद्धार

गोरखा – उत्तरी गोरखा विकट धार्चे गाउँपालिकाकी एक गम्भीर अवस्थाकी