धुम्म देखियो काठमाडौंको आकाश (तस्बिरहरू) « Khabarhub

धुम्म देखियो काठमाडौंको आकाश (तस्बिरहरू)


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा पछिल्ला दिनमा वायु प्रदूषण तीव्र रूपमा बढ्दै जाँदा आकाश धमिलो देखिन थालेको छ । एक हप्ता अघिसम्म उपत्यकाबाट स्पष्ट देखिने हिमालहरू अहिले देख्न मुस्किल भएको छ ।

विशेषज्ञहरूका अनुसार मौसमी सुक्खा हावा, निर्माण स्थलबाट उड्ने ठूला धूलो–कण र अत्यन्तै स–साना धुलो–धुवाँका कणको मात्रा बढ्नुले हावा बाक्लिँदै गएको छ ।

वायु प्रदूषण मापन सूचकांक काठमाडौंका विभिन्न स्थानहरूमा १८०–२५० सम्म पुगेको छ, जुन ‘अस्वस्थकर’ श्रेणीमा पर्छ । यस्तो अवस्थामा सामान्य मानिसलाईसमेत असर पर्नसक्छ भने दम, एलर्जी, मुटु र फोक्सोसम्बन्धी समस्या भएका व्यक्तिहरूका लागि जोखिम अझै बढ्न सक्ने विज्ञहरु बताउँछन् ।

पीएम २.५ कणहरू २.५ माइक्रोनभन्दा साना हुने भएकाले आँखाले देखिँदैनन् तर नाक–फोक्सो हुँदै शरीरभित्र प्रवेश गर्न सक्छन् । यिनै कणहरूको मात्रा अत्यधिक बढ्दा दृश्यता घट्ने, आँखा पोल्ने, घाँटी चिलाउने, थकान बढ्ने र दीर्घकालीन रूपमा फोक्सो तथा मुटु रोगको जोखिम समेत वृद्धि हुन्छ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ६ : ०१ बजे

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर