लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ « Khabarhub

लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– प्रतिबन्धित लागूऔषध खैरो हेरोइन खरिद बिक्री गरिरहेको अवस्थामा मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयास्थित पुलबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
    
रजैयास्थित पुलमा प्रतिबन्धित लागुऔषध बिक्री भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएका प्रहरी टोलीले बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ घर भई हाल हटौँडा उपमहानगरपालिका–१९ सान्नानटार बस्ने २६ वर्षीय अनिल स्याङ्तान, मकवानपुरको मनहरी गाउँपालिका– ५ वसन्तपुर निवासी २३ वर्षीय सञ्जित आले, मनहरी गाउँपालिका–३ लामिटार निवासी ३३ वर्षीय विनोदबहादुर बल र मनहरी गाउँपालिका–५ निवासी ३० वर्षीय सुरेश स्याङ्तानलाई पक्राउ गरेको हो । 

पक्राउ परेकाको साथबाट करिब २० मिलिग्राम लागुऔषध खैरो हेरोइन र बा८९प ६२९३ नम्बरको मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। 
 

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ७ : ०७ बजे

अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दाबी

तेहरान – इरानले बिहीबार आफ्नो सैन्य डिभिजनको लडाकु संरचनामा स्वदेशी

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त