दोलखा र जुम्लाको तापक्रम माइनसमा « Khabarhub

दोलखा र जुम्लाको तापक्रम माइनसमा


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको न्यूनतम तापक्रम माइनसमा झरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनदेखि जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेकामा बुधबार दोलखास्थित जिरीको तापक्रम पनि माइनसमा झरेको छ।

विभागमा बुधबार साँझ रेकर्ड भएको अभिलेखअनुसार जुम्लामा न्यूनतम तापक्रम माइनस ५ दशमलव २ डिग्री र दोलखाको जिरीमा न्यूनतम तापक्रम माइनस शून्य दशमलव १ मा झरेको छ। जाडो सिजन लागिसकेको र चिसो बढ्ने क्रममा रहेको विभागले जानकारी दिएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले हिजो अस्ती जुम्लाको न्यनतम तापक्रम माइनस २ देखि ३ सम्म रहेकामा बुधबार तापक्रम घटेर माइनस ५ दशमलव २ मा पुगेको हो।

पछिल्लो एक/दुई दिनमा राति बादल भएकाले बढी चिसो महसुस भएको छ। दिउँसोमा भने धेरैजसो स्थानमा घाम लाग्दा न्यानो महसुस हुने गरेको छ। बुधबार पनि काठमाडौं उपत्यकालगायत ठाउँमा बिहानभर बादल लागेर चिसो महसुस गराएको उनले बताए।

“रातिमा बदली हुँदै र दिन बढ्दै जाँदा खुल्दै गइरहेको छ। उपत्यका र तराईमा वायुप्रदूषण पनि रहेको छ”, मौसमविद् झाले भने, “जनावरीमा अझ तापक्रम घट्दै जानेछ, अहिले बङ्गलाको खाडीमा बनेको न्यूनचापीय प्रणालीले असर गरेको छ। अलीअली पाकिस्तान क्षेत्रमा पनि न्यूनचापीय क्षेत्रका कारण पश्चिमी वायु पनि बन्दै छ । त्यसले पनि असर गरिरहेको छ।”

विभागको विवरणमा काठमाडौंमा न्यूनतम तापक्रम ८ दशमलव ५ रहेको छ । नेपालगञ्जमा न्यूनतम तापक्रम १२ रहेको छ। पोखरामा न्यूनतम तापक्रम ११, भैरहवामा १३, जनकपुरमा न्यूनतम तापक्रम १२ डिग्री रहेको छ। यस्तै ताप्लेजुङमा न्यूनतम तापक्रम ९ डिग्री रहेको छ भने जुम्लामा न्यूनतम तापक्रम माइनस ५ दशमलव २ डिग्री रहेको छ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ९ : ४७ बजे

आयोगको प्रतिवेदनमा आफ्नो नाम देखेपछि आशिकाको आक्रोश : हिंसा गरेको छैन, केवल अन्यायविरुद्ध बोलेको हुँ

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनमा आफ्नो

वैदेशिक रोजगारसँग सम्बन्धित अव्यवहारिक ऐन संशोधन गर्न आग्रह

काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिले वैदेशिक रोजगार

वैभव सूर्यवंशीले तोडे क्रिस गेलको १४ वर्ष पुरानो कीर्तिमान

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सनराइजर्स हैदराबाद

डिडिसीका कागजात प्रहरीको नियन्त्रणमा

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज लैनचौर

इजरायल र हिजबुल्लाहबीच दक्षिण लेबनानमा झडप, १२ जनाको मृत्यु

बेरुत – इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच दक्षिण लेबनानको